• काङग्रेसको गढ फाल्गुनन्द गाउँपालिका अध्यक्षमा नेकपाकाे जित

    पाँचथर फिदिम, मंसिर, १६ । पाँचथरको फाल्गुनन्द गाउँपालिका अध्यक्षमा नेकपा उम्मेदवार बीरबहादुर कुरुम्वाङ विजयी भएका छन् । कुरुम्बाङ ८०६ मत अन्तरले गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन् । कुरुम्बाङले ५ हजार ३६९ र उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका वृजहाङ आङदेम्बेले ४ हजार ५६३ मत पाएका छन् । ...

  • बाग्लुङ प्रदेशसभामा झण्डै २ हजार मतले जनमोर्चा अघि

    बाग्लुङ, मंसिर १६ । फाइल तस्बिर। बाग्लुङ क्षेत्र नम्बर २ को प्रदेशसभा (ख)मा नेपाल कम्युनिष्ट पार्टी समर्थित राष्ट्रिय जनमोर्चाका उम्मेदवार खिमविक्रम शाहीले नेपाली कांग्रेसका उम्मेदवार जितबहादुर शेरचनलाई झण्डै २ हजार मतले पछि पारेका छन् । पछिल्लो मतगणना अनुसार शाहीले ७ हजार ९ सय ३७ भोट ल्याएका छन् भने शेर...

  • दाङ प्रदेशसभामा नेकपाकी विमला कुमारी खत्री(वली) विजयी

    दाङ, मंसिर १६ दाङ क्षेत्र नम्बर ३ (ख) मा भएको  प्रदेशसभा सदस्य उपनिर्वाचनमा नेपाल कम्युनिस्ट पार्टीकी विमला कुमारी खत्री(वली) विजयी भएकी छन्। २४ हजार २ सय ८६ मत ल्याउँदै वली प्रदेश सभा सदस्यमा निर्वाचित भएकी हुन्। उनले आफ्ना निकटतम प्रतिदन्वदी नेपाली कांग्रेसका उम्मेदवार केशवराज आचार्यलाई ५ हजार १०४ मत अ...

  • कम्युनिष्टको लाल किल्ला कास्की २ मा विद्या भट्टराई निर्वाचित

    पोखरा, मंसिर, १५ । कास्की २ को प्रतिनिधिसभा सदस्यमा विद्या भट्टराई निर्वाचित भएकी छन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की उम्मेदवार भट्टराईले ८ हजार ४०३ मतान्तरले चुनाव जितेकी हुन् । आइतबार साँझ सकिएको मतगणना अनुसार भट्टराईले २४ हजार ३ सय ९४ मत पाउँदा निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका खेमर...

  • पोखराको मौजामा ढिस्कोले पुरिएका ५ जनाको ज्यान गयो

    पोखरा, मंसिर १५ । पोखरा महानगरको वडा नम्बर २० मौजा स्थित बिसौनामा सडकको काम गरिरहेका ५ जनाको ज्यान गएको छ । पोखरा–मौजा सडकको रिटेनिङवाल निर्माणमा खटिएका सल्यानका तोवान बस्नेत, खिमलाल ओली, गणेश ओली, जीतबहादुर बस्नेत र जोगेन्द्र ओलीको ज्यान गुमेको कास्की प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले जानकारी दिए । ...

  • प्युठानको ऐरावती गाउँपालिका-२ मा स्वतन्त्र उम्मेदवार विजयी

    प्युठान, मंसिर, १५ । प्युठानको ऐरावती गाउँपालिका २ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार भिमेश कुमार घर्ती मगर विजयी भएका छन् । निकटतम प्रतिद्वन्दी राष्ट्रिय जनमोर्चाका भक्त बहादुर बिकलाई तीन सय ५१ मतले पछि पार्दै मगर विजयी भएका हुन् ।  विजयी मगरले आठ सय ५५ मत प्राप्त गरेका छन् भने जनमोर्चाका उम्मेदवा...

  • संखुवासभाको मकालु गाउँपालिका अध्यक्षमा नेकपाका पोखरेल बिजयी

    खाँदबारी मंसिर, १५ । मुख्य निर्वाचन अधिकृतका अनुसार नेकपाका तेजबहादुर पोखरेल ३ हजार १८ मतसहित विजयी हुँदा कांग्रेसका पराजुलीले २ हजार २१६ मत प्राप्त गरेका छन् । तेस्रो स्थानमा रहेका समाजवादी पार्टीका नुर्वु शेर्पाले २९८ मत प्राप्त गरेका छन् । संखुवासभाको मकालु गाउँपालिकाको अध्यक्षमा नेकपाका तेजब...

  • कास्‍की २ मा नेकपाका विध्या भट्टराईको अग्रता जारी, साझालाई चिनेन कास्कीका जनताले

    पोखरा, मंसिर, १५ । अहिले सबैको ध्यान कास्‍की २ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा परेको छ । कास्‍की २ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा नेकपा उम्मेदवार विद्या भट्टराईले ८ हजार ४ सय २६ मतान्तरले अग्रता लिएकी छन् । यो मतान्तर २०७४ सालमा रवीन्द्र अधिकारीले जिते बराबरकै मतान्तर हो । अघिल्लो न...

  • भक्तपुरबाट प्रदेशसभा सदस्यमा कांग्रेसका भँडेल विजयी

    काठमाडौं, मंसिर, १५ । भक्तपुर क्षेत्र नम्बर १ (क) मा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेस उम्मेदवार कृष्णलाल भँडेल १३ हजार ४४९ मतसहित प्रदेशसभा सदस्यमा विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपाका उम्मेदवार डीपी ढकालले ११ हजार २ सय ६ मत पाएका छन् । नेमकिपाका निरज लवजुले ५ हजार ८२९ मत पाएका छ...

  • कम्युनिष्टका लाल किल्ला चितवन, अर्घाखाँची र दाङ भत्काए काङग्रेसले

    अर्घाखाँची, मंसिर १४ । अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नम्बर ३ मा नेपाली कांग्रेसका उम्मेदवार शोभाखर खनाल विजयी भएका छन् । नेकपाका यामलाल खनाललाई पराजित गरी शोभाखर १ सय ६ मत अन्तरले विजयी भएका हुुन । शोभाखरले १ हजार १ सय ५१ मत प्राप्त गरे भने, यामलाले १ हजार ५३ मत मात्र प्राप्त गरेका छन । चि...