कम्युनिष्टका लाल किल्ला चितवन, अर्घाखाँची र दाङ भत्काए काङग्रेसले

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  4799 पटक हेरिएको

अर्घाखाँची, मंसिर १४

अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नम्बर ३ मा नेपाली कांग्रेसका उम्मेदवार शोभाखर खनाल विजयी भएका छन् ।

नेकपाका यामलाल खनाललाई पराजित गरी शोभाखर १ सय ६ मत अन्तरले विजयी भएका हुुन । शोभाखरले १ हजार १ सय ५१ मत प्राप्त गरे भने, यामलाले १ हजार ५३ मत मात्र प्राप्त गरेका छन ।

चितवन: सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को गृहजिल्ला चितवनमा कांग्रेसले जितेको छ ।

चितवन जिल्लाको खैरहनी वडा नम्बर ५ को वडाध्यक्षमा कांग्रेस नेत्री प्रतिमा कार्की विजयी भएकी छन् । भरतपुर महानगरपालिका – १६ मा नेपाली कांग्रेसका अमृतराज हमाल विजयी भएका छन् । चितवन वडा नं ४ मा नेपाली काङग्रेसका देव वहादुर वस्नेत १२० मतले विजयी भएका छन् ।

दाङ: कम्युनिस्ट मुख्यमन्त्री शंकर पोखरेलको गृहजिल्ला दाङमा नेपाली कांग्रेसले जितेको छ ।

दाङ जिल्लाको घोराही उपमहानगरपालिका वडा नम्बर १६ मा भएको वडाध्यक्ष पदको उपनिर्वाचनमा कांग्रेसका उम्मेदवारले जितेका हुन् ।

कांग्रेसका उम्मेदवारले ७ सय ६५ मत ल्याएर विजयी भएका छन् भने नेकपा उम्मेदवार पराजित भएका छन् । यसअघि कांग्रेसले बैतडी, बाजुरा, चितवन, अर्घाखाँचीमा जित हात पारेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार