काठमाडौं, फगुन १६ ।

इजरायल र अमेरिकाले संयुक्त रूपमा इरानका विभिन्न रणनीतिक स्थानहरूमाथि “प्रि(एम्प्टिभ” ९अग्रिम सुरक्षात्मक० हवाई आक्रमण सुरु गरेका छन् । यो आक्रमण सन् २०२५ को जुन महिनामा भएको १२ दिने हवाई युद्धपछिको सबैभन्दा ठूलो र निर्णायक सैन्य कारबाही मानिएको छ। हाल ईरान र अमेरिका बिच बारम्बार बार्ता भईरहेको अबस्थामा अमेरिका र ईजायलले अचानक हमला बोलेको ईरानले जनाएको छ । ईरानको राजधानी तेहरानमा दुई देशको हमलामा भारी नोक्सान भएको आकलन गरिएको छ ।
अमेरिका र ईजरायलको हमलाको जबाफी आक्रमणमा ईरानद्धारा मिडलईष्टका सबै अमेरिकि बेसमाथि मिसाईल आक्रमण गरिएको छ । आक्रमणमा अमेरिकि सबै बेसमा अधिक क्षतिका साथै कुनै पनि बेसबाट अमेरिकि सेना फाईटर जेटको टेकअप गर्न असम्भब रहेको जनाएको छ । सो सँगै अमेरिकालाई ईरानमाथि आक्रमणको लागि एयरक्राफ्ट क्यारियर मात्र रहेको र अमेरिकाले एयरक्राफ्ट ईरानी समुन्द्रमा पठाएको जनाएको छ ।
ईरानले लगातार मिडलईष्टमा आक्रमण गरिरहेको छ भने सबै भन्दा धेरै हमला बहराईन, दुबै र कतार माथि आक्रमण गरीरहेको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएको छ । यससँगसँगै ईरानद्धारा स्टेट अफ हर्मुज बन्द गरेको ईरानी सेना आईआरजिसिले आह्वान गरेको छ । स्टेट अफ हर्मुज बन्द भएसँगै बिश्वमा तेलको हाहाकारका साथै तेलको मुल्य अधिक मात्रामा बढ्ने निश्चित छ ।
सम्बन्धित समाचार यो पनि अध्ययन गर्नुस ।
ईरानद्धारा ईजरायलमाथि एक साथ ४०० मिसाई आक्रमण, मिडलईष्ट युएस बेसमा पनि मिसाईल हमला



104 पटक हेरिएको 
















