निर्वाचन मतदानको समय सकियो, केहीस्थान बाहेकका देशभर शान्तिपुर्ण रुपमा सम्पन्न

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  72 पटक हेरिएको

काठमाण्डौँ, फागुन २१ ।

आज भएको आम निर्वाचन २०८२ को समय सकिएको छ । बिहान ७ बजेबाट शुरु भएको प्रतिनिधि सभाको निर्वाचन ५ बजे सकिएको हो । देशका केही स्थान बाहेक देशभर शान्तिपुर्ण तबरबाट निर्वाचन सम्पन्न भएको छ । देशभरको निर्वाचनलाई आकलन गर्ने हो भने ६० देखि ६५ प्रतिशतसम्म मतदाताहरुले निर्वाचनमा सहभागि जनाएको देखिन्छ । आजको निर्वाचनमा जेनजी देखि १०० बर्ष माथिका बृद्धबृद्धाहरुले समेत मतदान गरेको देखिएको छ । निर्वाचनको समयसिमा सकिए पनि निर्वाचनको लागि लाईनमा बसेकाहरुले भने निर्वाचनमा मतदान गर्न पाईने जनाएको छ ।

रोल्पा, दोलखा सिरहा लगायतका केहि क्षेत्रमा भने निर्वाचनमा दलका प्रतिनिधिहरुले नै मतपत्र कब्जामा लिन खोजेको र कहि भने निर्वाचन कर्मचारीलाई नै हातपात गरेपछि केहि बेर निर्वाचन रोकिएको थियो । हरेक निर्वाचनको विशिष्ट महत्व र अर्थ रहन्छ । ७८ वर्षीय प्रेमकुमार सिलवाल खत्रीको नजरमा विगतमा भएका अधिकांश चुनावमा व्यवस्था परिवर्तनको विषय प्रमुख थिए । यसपटक नागरिकको अवस्था परिवर्तनको एजेण्डा प्रधान रहेको पत्रकारहरुलाई बताएका छन । कतिपय निर्वाचन केन्द्रमा भने मतदाताहरुो नै उपस्थित नभई निर्वाचनको बहिष्कार समेत गरेका छन । देशभरबाट बिभिन्न पार्टीका अध्यक्ष तथा सभापतिहरुले मतदानमा सहभागि भई मतदान गरेका थिए ।

कतिपय स्थानमा निर्वाचन सम्पन्न गरि आजैबाट मतगणना शुरु गरिने पनि जनाएको छ । पहाडि र हिमालि भेगमा भने मतपेटिका सदरमुकाममा जम्मा गरि भोलिबाट मात्र मतगणना गर्ने तयारी भएको निर्वाचन अधिकारीले जनाएको छ । आजको निर्वाचनमा एक करोड भन्दा बढि मतदाताहरुले मतदान गरेका छन । आजको मतपरिणाम भने भोलिबाट मात्र आउने जनाएको छ । आजबाट गणना शुरु भएको खण्डमा समयसमयमा निर्वाचन मतपरिणाम जारी गरिने पनि जनाएको छ ।

बिगत निर्वाचनमा भन्दा यस पटकको निर्वाचनमा मतदाताहरुको सहभागिता भने कम भएको पाईएको छ । बिदेशबाट नेपाल फर्कने मतदाताहरु मध्यपसर्वको युद्धका कारण नेपाल फर्कन नसकेको र कतिपय स्थानमा भने राजनितिक दलहरुको बिकास प्रति अविस्वास जस्ता कारणले पनि निर्वाचनमा सहभागि नभएको पाईएको छ । जनप्रतिनिधिहरु भोट माग्न मात्र गाउ पस्ने निर्वाचन जितेर काठमाण्डौँ फर्किएपछि गाउँ नआउने जनताको कुरा नसुन्ने बिकास काम नगर्ने जस्ता कारणले निर्वाचनमा सहभागि नभएको जनाएको छ ।

सम्बन्धित समाचार यो पनि अध्ययन गर्नुस ।

सुरक्षाका कारण देखाउदै बालेन्द्र शाह काठमाण्डौँ फर्कियो

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार