जापानमा कोरोना संक्रमण जोखिम पुनः बढ्यो, टोक्योमा एकैदिन २२४ जना कोरोना संक्रमण पुष्टि

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  506 पटक हेरिएको

जापान, असार २५ ।  

जापानमा पछिल्लो समय कारोना भाईरसको प्रभाव पुन बढेको छ । बुधबार र बिहिबार ८÷९ तारिख पनि जापानभर कोरोना संक्रमण बढ्नेक्रम जारी नै रह्यो । बुधबार राती ११ बजेसम्मको अपडेट अनुसार जापानभर २०७ जना मानिसहरुमा कोरोना संक्रमण पुष्टि भएको थियो भने आज बिहिबार त्यो संख्या बढेर जापानको राजधानी टोकियोमा मात्रै एकैदिन २२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

एकसाता यता निरन्तर १०० जना भन्दा बढि संक्रमित देखिदै आएको टोकियोमा हिजो भने केहि घटेर ७५ जनामा झरेको थियो । बुधबार टोकियोमा पछिल्लो एक साता यताकै न्युन संख्या ७५ जना, साइतामा केनमा ४८ जना, खानागावा केनमा २३ जना, फुकुओका केनमा १३ जना, ओसाकामा १० जना, चिबा केनमा ९ जना, होक्काइदोमा ४ जना, ह्योगो केनमा ३ जना, खागोसिमा केनमा ३ जना, ओकिनवा केनमा २ जना, आईची केनमा २ जना, क्योउतोमा २ जना, नारा केनमा २ जना, तोचीगी केनमा २ जना, सिगा केनमा १ जना, सिजुओका केनमा १ जना, निईगाता केनमा १ जना, ईबाराकी केनमा १ जना, मियागी केनमा १ जना तथा एयरपोर्ट क्वारेन्टाईनमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

जापानमा एकातिर प्रकृतीको प्रहार बाढीपहिरोको पिडा थपिएको छ भने अर्कोतिर त्यहि प्रान्तहरुमा कोरोना संक्रमण पनि बढिरहेको छ । यसले कोरोना रोकथाम तथा बाढी पहिरो पिडितहरुको उद्दार लगायतका काममा जटिलता थपिदिएको छ । उक्त बाढीमा परि ज्यानम गुमाउनेको संख्या ५९ पुगेको छ भने ११ जना भन्दा बढी बेपत्ता रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार