ईजरायल, अमेरिका र ईरान बिचको युद्ध भिषण, हालसम्म ६ अमेरिकि सेनाको ज्यान गयो

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  59 पटक हेरिएको

काठमाण्डौँ, फागुन १९ ।

अमेरिका र ईजरायलद्धारा ईराकमाथि अकस्मातको आक्रमणमा परि ईरानको सर्वोच्च नेता अली खामेनी सहितका नेता तथा सुरक्षा निकायका लिडरसिप नै सखाप हुने गरि आक्रमण गरेको थियो । उक्त आक्रमणमा आफ्ना सर्वोच्च नेता नै गुमाउन पर्दा ईरानी सेना आईआरजिसि बेकाबु भई आफ्ना दुस्मन बिरुद्ध जबाफि कारबाही स्वरुप अमेरिकाका मिडलईष्टमा रहेको सबै अमेरिकि बेस माथि मिसाईल र ड्रोन हमला गरिरहेका छन । त्यस्तै आफ्ना कट्टर दुश्मनको रुपमा लिदै आएको ईजरायल माथि पनि नननिस्टप मिसाईल आक्रमण गरिरहेका छन ।

इरानविरुद्ध अमेरिका–इजरायलको संयुक्त कारबाहीमा सहयोग गरेको ठहर गर्दै इरानले खाडी मुलुकमा रहेका अमेरिकी सैन्य अड्डा र सम्पत्तिलाई निशाना बनाएको हो । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर ९आईआरजीसी० ले आफ्नो विज्ञप्तिमा ‘ट्रुथफुल प्रोमिस–४’ अभियानअन्तर्गत अमेरिका–इजरायलका आक्रमणको प्रतिकारस्वरूप अमेरिकी अड्डा र सम्पत्तिलाई निशाना बनाइरहेको जनाएको छ । आईआरजीसीका अनुसार इरानले निशाना बनाएका देशहरूमा साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, कतार, बहराइन, कुवेत, ईराक, साईप्रस, र जोर्डन समावेश रहेको जनाएको छन् ।

आज चौथो दिन पनि लगातार ईजरायल र अमेरिकाद्धारा आक्रमण जारी राखेको छ भने ईरानले पनि प्रतिकात्मक आक्रमण गरिरहेको छ । ईजरायल र अमेरिकि हमलामा मर्नेको संख्या पनि २०० नाघिसकेको जनाएको छ भने ईरानी हमलामा ६ अमेरिकि सेनाको ज्यान गई सकेको छ भने ईजरायलमा पनि हालसम्म १५ भन्दा बढिको ज्यान गईसकेको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएको छ । ईरानी हमलामा परि बहराईन स्थित अमेरिकि बेसमा मात्र छ जना सेनाको ज्यान गएको छ भने बेसमा ठुलो क्षेति पुगेको जनाएको छ ।

ईरानी प्रतिकारले झस्किएका अमेरिकाले मिडलईष्टबाट आफ्नो वारसिपद र क्यारियर ग्रुपलाई ५०० मिटर पछि सारेको छ भने ईरानद्धारा लगातार अमेरिकि बेस, राजदुताबास र क्यारियर ग्रुपमाथि हमला गरिरहेको छ । ईरानले आफ्ना हुति, हमास र हिजबुल्लालाई पनि ईजरायल बिरुद्ध सक्रिय बनाईसकेको छ । फलस्वरुप ईजरायल माथि मिसाईल र रकेट हमला गरिरहेको छ ।

इरानका आक्रमणपछि यूएईका दुबई र अबुधाबी विमानस्थलमा एक जनाको मृत्यु भएको र ११ जना घाइते भएको जनाइएको छ । युएईको आबुधाबीका अधिकारीहरूले जायद अन्तर्राष्ट्रिय विमानस्थललाई लक्षित गरी प्रहार गरेको एक ड्रोनलाई बीचमै खसालिएको पुष्टि गरेका छन् तर खसेको भग्नावशेषका कारण एक जनाको मृत्यु र सात जना घाइते भए ।

दुबई अन्तर्राष्ट्रिय विमानस्थल यात्रु संख्याका हिसाबले विश्वकै सबैभन्दा व्यस्त विमानस्थल मानिन्छ । उक्त आक्रमणमा त्यहाँ पनि क्षति पुगेको र चार कर्मचारी घाइते भएको जनाइएको छ । ईरानी हमलामा परि हालसम्म एक नेपाली र एक भारतिय नागरिकको निधन भएको पुष्टि भएको छ ।

सम्बन्धित समाचार यो पनि अध्ययन गर्नुस ।

ईरानद्धारा स्टेट अफ हार्मुज पुर्ण रुपमा बन्द गरेको ईरानी सेना आईआरजिसिद्धारा जानकारी

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार