दोलखामा दलका प्रतिनिधिबाट नै मतपत्र लुटिएपछि बुथ एजेन्ट नै प्रहरीको नियन्त्रणमा

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  61 पटक हेरिएको

दोलखा, फागुन २१।

दोलखाको तामाकोशी गाउँपालिका ४ मा मतदान स्थगित भएको छ । दलका प्रतिनिधिबाट नै मतपत्र लुटपाट गर्न लागेपछि निर्वाचन स्थगित भएको जनाएको छ । उक्त स्थान तामाकोशी गाउँपालिका(४ को मालु मतदान केन्द्रमा रोकिएको मतदान अझै सुरु हुन सकेको छैन । कर्मचारीमाथि हातपातको प्रयासभएपछि प्रहरीले हवाई फायर समेत गरेको थियो ।

त्यसपछि रोकिएको मतदान अझै सुरु हुन नसकेको हो । सहायक प्रमुख जिल्ला अधिकारी औलाख बहादुर आलेले रोकिएको मतदान सुरु नसकेको र छलफल जारी रहेको जानकारी दिए । ‘बुथ एजेन्टहरूलाई सुरक्षित ठाउँमा राखिएको छ । मतपत्र लुटपाट हुन थालेपछि उहाँहरूलाई सुरक्षित स्थानमा लगिएको हो’ उनले संचारमाध्यमसँग भने ।

बुथमा दलका प्रतिनिधिले नै मतपत्र लुटेपछि प्रहरीले सुरक्षित नियन्त्रणमा लिएको हो उहाँलाई नियन्त्रण होइन । सुरक्षित ठाउँमा राखेका हौँ । दलका केही प्रतिनिधिले मतपत्र लुट्न खोजेपछि समस्या भएको चाहिँ हो ।’ हाल दलका प्रतिनिधिहरुसँग उक्त बिषयमा छलफल भईरहेको र हालसम्म समाधान भने नभएको जनाएको छ ।

सम्बन्धित समाचार यो पनि अध्ययन गर्नुस ।

देशभर निर्वाचन जारी हालसम्म ८ लाख मतदाताले भोट खसाले

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार