कुमार कटुवालको शब्दमा सुनिल र सरुको “डिजिटल फोटो” सार्वजनिक, बले र कक्रोजको दमदार अभिनय (भिडियो सहित)

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  343 पटक हेरिएको

काठमाण्डौँ, असोज ३० ।

गायक सुनिल कटुवाल र गायिका सरु गौतमको स्वरमा नयाँ गीत ‘डिजिटल फोटो’ सार्वजनिक गरिएको छ । शुक्रबार साँझ सार्वजनिक उक्त गीतमा टेलिसिरियल भद्रगोलबाट चर्चामा हाएका कलाकार सागर लम्साल बले र हरिश निरौला कक्रोज सँगै गीता ढुंगाना र प्रतिभा कंडेलको मुख्य अभिनय रहेको छ ।

कुमार कटुवालको शब्द रहेको गीतमा दीपक शर्माको संगीत रहेको छ । गीतको भिडियो भने देवेन्द्र पाण्डेयले निर्देशन गरेका हुन् । यसअघि गायक सुनिल कटुवालले ‘मुखैमा रामराम बगलीमा छुरा’ सार्वजनिक गरेका थिए भने गायिका सरु गौतमको बिभिन्न चर्चित गितहरु बजारमा आईसकेको छ । आजमात्र ईनाक्षी ईन्टरटेनको अफिसियल युबट्युबबाट सार्वजनिक गरिएको डिजिटल फोटोमा सामाजिक संजाल फेसबुक भित्रका आधुनिक परिबेश र त्यसको यथार्थलाई उतार्ने प्रयास गरिएको छ ।

भिडियो हेर्न तल क्लिक गर्नुहोला ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार