चीन, माघ २७ ।
चीनको वुहान क्षेत्रमा कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ९१ जनाको ज्यान गएको छ । योसँगै कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या ९ सय ४ पुगेको छ । ज्यान गुमाउनेमध्ये ९ सय २ जनाको चीनमा, एक जनाको फिलिपिन्समा र एक जनाको हङकङमा ज्यान गएको पुष्टि भएको चिनिया संचार माध्यमले जनाएको छ । यस्तै २९ हजार ६ सय ३१ जनामा कोरोना संक्रमण भएको पुष्टी भएको छ । पछिल्लो २४ घण्टामा मात्र २ हजार ६ सय १८ जनामा संक्रमण पुष्टी भएको हो । चीनको वुहान क्षेत्र पछिल्लो समय मर्ने मध्य एक जापनिज नागरिक रहेको जनाएको छ ।
यसैबीच हङकङको एउटा पानीजहाजमा कोरोना संक्रमणको आशँकामा पाँच दिनदेखि रोकिएका यात्रुलाई जहाजबाट उत्रन अनुमती दिइएको छ । जहाजमै गरिएको परीक्षणबाट उनीहरुमा कोरोना संक्रमण नभएको पुष्टी भएपछि जहाजबाट उत्रन अनुमती दिइएको जनाएको छ ।
जहाजमा कोरोना संक्रमित पनि रहेको आशँकामा ३ हजार ६ सय यात्रु र चालक दलका सदस्यलाई जहाजबाट उत्रन रोक लगाइएको थियो ।
जापानमा पनि एउटा जहाजमा रहेका यात्रु भने ६ दिनदेखि डाक्टरको निगरानीमा छन् ।जहाजमा छ जना कोरोना संक्रमित रहेको पाइएपछि जहाजका सबै तीन हजार सात सय नागरिकलाई क्वारेन्टाईनमा राखिएको उल्लेख छ । योसँगै जापान चीनपछि कोरोनाका बिरामी धेरै देखिने देश बनेको छ । जापानमा ९१ जनामा कोरोना भएको पुष्टि भएको छ ।