मनाङ्ग एयरको हेलिकप्टर दुर्घटनामा ५ जनाको निधन, सरकारद्धारा छानबिन समिति गठन

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  246 पटक हेरिएको

काठमाडौं २६ असार, ।

मनाङ एयरको (एनए–एमभी) हेलिकप्टर दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ भने एक जना  बेपत्ता छन् । घटनास्थलमा रहेका प्रहरी सहायक निरीक्षक निराजन बस्नेतका अनुसार प्रहरीले उद्धारको काम जारी रहेको छ । अहिलेसम्म ५ वटा शव भेटिएको र उनीहरुको पहिचान हुन बाँकी रहेको उनले जानकारी दिए ।

मंगलबार बिहान सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको जहाज लामजुरा पास नजिकै दुर्घटनाग्रस्त अवस्थामा भेटिएको हो । हेलिकप्टर दुर्घटनाका कारण खुलेको छैन । अहिले अल्टिच्यूड एयरको अर्को हेलिकप्टर दुर्घटनास्थलमा अवतरण गरेको थियो । प्रहरी र उद्धारकर्मीले उद्धार गरिएको थियो।

नेपालको रमणीय स्थलहरुको भ्रमण गर्न आएका मेक्सिको नागरिकहरु सवार रहेको हेलिकप्टर दुर्घटनाले नेपाली पर्यटनमा पनि प्रत्यक्ष प्रभाब पारेको छ । उनीहरु नेपालको हिमश्रृंखलाहरुको दृश्य अबलोकन गर्ने उदेश्यले नेपाल आएको बुझिएको छ ।

छानबिन गर्न समिति गठन

सरकारले मनाङ एयरको हेलिकप्टर दुर्घटनाबारे छानबिन गर्न समिति गठन गरेको छ । मंगलबार अपराह्न सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले सो घटनाबारे दुःख व्यक्त गर्दै पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेको नेतृत्वमा छानबिन समिति गठन गरेको हो ।

‘आज असाध्यै दुखद् घटना तपाईं हामी सबैलाई थाहा छ(मेक्सिकोका नागरिकहरु बोकेको मनाङ एयरको हेलिकप्टर दुर्घटना भएको छ’ उनले भनिन्, ‘यसप्रति मन्त्रिपरिषद् बैठकले सबै मृतकहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेको छ । यसमा पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेको नेतृत्वमा एउटा छानबिन समिति गठन गरिएको छ ।’ बैठकले सो घटनाप्रति दुःख व्यक्त गर्दै मृतकहरुप्रति श्रद्धाञ्जली अर्पण गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं नेपाल सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार