नेपाल सरकारद्धारा ईरान ईजरायल भ्रमण नगर्न एडभाईजरी जारी

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  75 पटक हेरिएको

काठमाडौं फागुन, १६ ।

ईरान, ईजरायल र अमेरिका बिच भएको बिध्वशं हमलाका कारण सृजित अबस्थालाई मध्यनजर गर्दै नेपाल सरकारले मध्यपुर्वको भ्रमण नगर्न एडभाईजरी जारी गरेको छ । नेपाल सरकारले अवस्था सामान्य नहुँदासम्म नेपाली नागरिकहरूलाई इजरायल र इरानको यात्रा नगर्न आह्वान गरेको छ ।

परराष्ट्र मन्त्रालयले शनिबार एडभाइजरी जारी गर्दै दुवै देशको अवस्था सामान्य नहुँदासम्म नेपाली नागरिकलाई यात्रा स्थगित गर्न कडाइका साथ सुझाव दिएको हो । ‘इजरायल वा इरान यात्रा गर्ने योजना बनाएका नेपाली नागरिकहरूलाई दुवै देशको अवस्था सामान्य नहुँदासम्म आफ्नो यात्रा स्थगित गर्न कडाइका साथ सुझाव दिइन्छ,’ एडभाइजरीमा भनिएको छ ।

सरकारले मध्यपूर्व क्षेत्रमा विकसित हुँदै गएको अवस्थालाई नजिकबाट अनुगमन गरिरहेको भन्दै हाल इजरायल र इरानमा बसोबास गरिरहेका नेपाली नागरिकहरूलाई सावधानीका उपायहरू अपनाउन अनुरोध गरेको छ । ‘इजरायल र इरानद्वारा जारी गरिएका सुरक्षा परामर्श तथा निर्देशनहरू कडाइका साथ पालना गर्नुहोस्,’ परराष्ट्र मन्त्रालयले भनेको छ, ‘सकेसम्म घरभित्रै बस्नुहोस्, सतर्क रहनुहोस्, आवश्यक सावधानी अपनाउनुहोस्, र आफू रहेको स्थानको नेपाली समुदायसँग नियमित सम्पर्कमा रहनुहोस् ।’ मन्त्रालयले इजरायल र इरानका सम्बन्धित निकायहरूको पूर्वअनुमतिबिना यात्रा नगर्न पनि भनेको छ ।

सम्बन्धित समाचार यो पनि अध्ययन गर्नुस ।

इरानमाथि इजरायल र अमेरिकाको संयुक्त हमला, हमलामा ईरानको भारी नोक्सान

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार