पाटन अस्पतालमा उपचारको क्रममा कोरोना संक्रमित एक पुरुषको मृत्यु

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  646 पटक हेरिएको

ललितपुर ,साउन २३ ।   

ललितपुर स्थीत पाटन अस्पतालमा ४५ वर्षीय कोरोना संक्रमित पुरुषको उपचारको क्रममा मृत्यु भएको छ । कोरोना संक्रमण पुष्टि भएपछि पाटन अस्पताल रिफर गरीएको पुरुषको उपचारको क्रममा बिहीबार साझँ मृत्यु भएको हो ।

उनी वीरगन्ज स्थीत स्टार अस्पतालमा उपचार भइरहेको स्रोतले जनाएको छ । उनलाइ शनिबार स्टार अस्पतालबाट पाटन अस्पतालमा रिफर गरेको अस्पताल स्रोतले जनाएको छ ।
अस्पताल स्रोतका अनुसार मृत्यु भएको पुरुषमा उच्च रक्तचाप, मधुमेह तथा मुटुरोगको समस्या रहेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार