धादिङको सुनौलाबजार आसपास ४.८ रेक्टरस्केलको भूकम्प धक्का महसुस

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  839 पटक हेरिएको

vision-online-advertise

धादिङ, जेठ १७ ।  

धादिङको सुनौलाबजार केन्द्रबिन्दु भएर शनिबार राति भूकम्प गएको छ । धादिङ आसपास उक्त भूकम्पको धक्का महसूस भएको सर्वसाधारणहरूले बताएको छ । भूकम्पको धक्का दुई पटकसम्म महसूस भएको धादिङ नीलकण्ठ नगरपालिका वडा नम्बर ११ का वडाअध्यक्ष तिलक थापा मगरले सामाजिक संजाल फेसबुकमार्फत जानकारी गराएका छन ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अध्यक्ष लोकविजय अधिकारीले पनि ४.८ रिक्टरस्केलको भूकम्पको धक्का गएको पुष्टि गरेका छन ।

भूकम्प ९ बजेर ३६ मिनेट जाँदा धादिङको सुनौला बजार आसपास केन्द्रबिन्दु भएर गएको हो ।

vision-online-advertise

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार