फुकुओका, जापान भदौ २ ।
नेपाल आदिबासी जनजाति महासंघ क्युशु क्षेत्रिय कार्यसमितिको आयोजनामा नेफिन क्युशुका पुर्व अध्यक्ष तथा सल्लाहकार एवम गैर आवासीय नेपाली संघ क्युशु क्षेत्रिय कार्यसमितिका नवनिर्वाचित संयोजक श्री भिम बहादुर गुरुङ्ग ज्युको सम्मानमा बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न गरेको छ । आज जापानको फुकुओकाको ससुराली नेपाली रेष्टुरेष्ट हाकोजाकीमा आयोजित एक औपचारिक कार्यक्रमका बिच उक्त कार्यक्रम सम्पन्न गरिएको हो । फुकुओकाका अग्रज तथा बिभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थितिमा बधाई तथा सम्मान कार्यक्रम सम्पन्न गरिएको हो । नेपाल आदिबासी जनजाति महासंघका प्रखर बक्ता तथा संचारकर्मी समेत रहेकी सरिता प्रधानद्धारा संचालित उक्त कार्यक्रममा संस्थाका अध्यक्ष तथा कार्यक्रमका सभापति समेत रहेका सन्तमान शाक्यद्धारा संस्थाको तर्फबाट एकमुष्ट बधाई तथा शुभकामना दिई कार्यक्रमको शुरु गरिएको थियो ।
बधाई तथा शुभकामनाकै क्रममा एनआरएनए क्युशु र नेफिन क्युशु बिच देखिएको असमझदारीका बिषयलाई छलफल र सम्बादबाट नै समाधान गरी अगाडी बढ्नुपर्ने र उक्त बिषयलाई समाधान गरी अगाडी बढ्ने समेत स्पष्ट पारेका थिए । यसै क्रममा नेपाल आदिबासी जनजाति महासंघ जापानले टोक्योमा आयोजना गर्न गईरहेको नेपाल फेष्टिबलको प्रशंग जोड्दै क्युशुमा पनि समान हैसियतका संस्थाबिच आयोजकको नेतृत्व चक्रिय प्रणलीबाट नै हुनु पर्ने जोड दिदै आगामी दिन यि यस्ता समस्यालाई समाधान गर्नको लागि केन्द्रबाट नै फेष्टिबल संरक्षण समिति र आयोजक समिति गठन गरी फेष्टिबललाई सफल पार्न एक कार्यबिधि बनाई काम गर्नुपर्ने समेत जनाएको थियो ।
फुकुओकामा फेष्टिबलबाट देखा परेको दुई संस्था बिचको असमझदारीले समाजमा नकारात्मक प्रभाव परेको र त्यसको प्रत्यक्ष प्रभाव दुबै संस्थालाई परेको महसुस भएकोले दुबै संस्थाले आत्माआलोचना सहित बिगतका तिक्ततालाई आपसी समझदारीबाट नै हल गर्नुपर्ने बताउनु भयो । बधाई तथा शुभकामना कार्यक्रममा नेपाल आदिबासी जनजाति महासंघ जापान क्युशुका सल्लाहकार दय प्रदिप श्रेष्ठ, आशिष योञ्जन, सचिन नेम्वाङ्ग, निवर्तमान अध्यक्ष रोषन राई, उपाध्यक्ष दय नानीमाया तामाङ्ग, फुनेसो अध्यक्ष ईन्द्र प्रसाद घले, सह–सचिब युकेश राना, बिशाल लामा, नेपाली जनसम्पर्क समितिका सभापति ढिका कार्की, एनआरएनए क्युशुका उपसंयोजक कृष्णहरि पाठक, सचिब केशब लामिछाने सदस्य पवन वस्ती, मोना क्युशुका अध्यक्ष दिपक बि.क., हाम्रो नेपाल हामी नेपालीका अभियान्ता बिनोद सुनार, जनसम्पर्क समिति क्युशुका सभापति सुशान्त भट्टराई लगाएतका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
उक्त बधाई तथा शुभकामना कार्यक्रममा उपस्थित भएका नेपाली जनसम्पर्क समिति जापानका सभापति ढिका कार्कीले पनि समाजमा बसेर आपसी समझदारी र सहमतिबाट नै संस्थालाई अगाडी बढाउनु पर्ने बताउनु भएको थियो । समाजमा बिगतमा भएगरेका सहमति कार्यान्वयन नगर्ने, अरुको उक्सावटमा लाग्नाले नै संस्थाको नेपाली समाजमा बिश्वसनियता घट्दै गएको बताएका थियो । संस्थाभित्र गुटगत राजनिति गर्ने वा सिमित ब्यक्तिलाई मात्र स्थान दिदा संस्थाहरु बिचको सम्बन्ध र नेपाली समाजको संस्थाको बिश्वास घटेको बताएका थियो ।
यस्तै कार्यक्रममा नेफिन क्युशुका सल्लाहकार प्रदिप श्रेष्ठले नेपाली समाजमा नेपाली संघसंस्थाहरुको प्रभाब र बिश्वसनियता कम हुदै गईरहेकोले नयाँ नेतृत्वबाट नेपाली समुदायको अपेक्षा अनुरुप काम हुनेमा बिश्वस्त रहेको बताउदै भिम बहादुर गुरुङ्गलाई कार्यकालको बधाई तथा शुभकामना ब्यक्त गर्नुभएको थियो । यसै गरि सल्लाहकार सचिन नेम्बाङ्गले पनि नेपाली समाजमा कयौ नेपाली संघसंस्था रहेको र सबैले गर्ने काम भनेको नेपाली समुदायलाई नै केन्द्रमा राखेर गर्ने भएकोले कुने पनि संस्थाले अहमता नदेखाई आपसी सहकार्यबाट अग्रजको सल्लाहसुझाबमा काम गनुपर्ने बताएका थिए । यसै गरि एनआरएनए क्युशुका उपसंयोजक कृष्णहरि पाठकले पनि बिगतमा नेतृत्वले गरेका कमिकमजोरी सच्याउदै संयोजक भिम गुरुङ्गको नेतृत्वले नेपाली समाज र संघसंस्थासँग हातेमालो गरेर काम गर्ने समेत बताएका थिए । बिगत संस्थाबाट केहि कमीकमजोरी भएको र ति कमिकमजोरीलाई छलफल र सहमतिबाट नै निराकरण गर्दै अगाडी बढ्नुपर्ने बताएका थिए ।
संस्थाका महिला उपाध्यक्ष समेत रहेकी नानीमाया तामाङ्गले पनि जनजाती महासंघलाई बाह्य ब्यक्तिहरुबाट हेर्ने दृष्टिकोणमा सुधार नभएको र गैर जनजातीसँग सहकार्य नगरेको भन्ने आरोप लागेकोमा खण्डन गर्दै जनजाती महासंघको आफ्नो छुट्टै पहिचान र मुल्यमान्यता रहेकोले अन्य संस्था भन्दा केही फरक भएपनि यो एउटा नेपाल सरकारबाट मान्यता प्राप्त संस्था रहेकोले नेपाली समुदाय बिच जिम्मेवार समेत रहेको स्पष्ट पारेका थिए । यसैगरि कार्यक्रमको अन्त्यमा आफ्नो भनाई राख्दै संस्थाका निवर्तमान अध्यक्ष तथा सल्लाहकार रोषन राई ज्युले जनजाति महासंघ भनेको बिभिन्न जातिहरुको साझा फुलबारी रहेकोले यसको मर्म र भावना पनि फरक रहेको जनाएको थियो । नेपाल संघियतामा गैईसकेको सन्दर्भमा यसमा जनजातीहरुको महत्वपुर्ण भूमिका रहेको स्मरण गराउदै प्रवासमा बसेको नेपालको सामाजिक तथा सांस्कृतिक जगेर्ना गर्ने प्रमुख संस्था रहेको समेत जनाउनु भएको थियो ।
कार्यक्रमका फोटाहरु :-
कार्यक्रमका अतिथि फुनेसो अध्यक्ष ईन्द्र घले र अभियान्ता बिनोद सुनारको शुभकामना सन्देश भिडियोमा हेर्नुहोस् ।
सम्बन्धित समाचार यो पनि पढ्नुहोस ।
एनआरएनए क्युशु संयोजकको जिम्मेवारी भिम बहादुर गुरुङ्गलाई, संस्थागत सहमति कायम गर्दै काम गर्ने भनाई