जापान, असार १४ ।
गैर आवासीय नेपाली संघ (एनआरएनए) जापानको आगामी निर्वाचनका लागि क्युस्यु क्षेत्रबाट किरण वर्माले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । आइतबार बेलुकी गाउँले रेस्टुरेन्टमा आयोजित एक कार्यक्रममा वर्माले एनआरएनए जापान (२०२१-२०२३) कार्यकालका लागि अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । क्षेत्र र केन्द्र हाम्रो संयन्त्र भन्ने मुल नाराका साथ आफ्नो उम्मेद्धारी घोषणा गरेका किरण बर्माले नेपाली समुदायमा आईपर्ने समस्यालाई सामुहिक सहभागिताका आधारमा समाधान गर्न आफ्नो पक्षबाट सहयोग रहने बताए ।
एनआरएनए सबैको साझा संस्था भएपनि संस्थामा आबद्धताको आधारमा नेपाली समुदायलाई सेवा तथा सुबिधा दिनु पर्ने धारणा पनि घोषणा सभामा राखेका थिए । एनआरएनए जापान क्युस्यु क्षेत्रीय कार्यसमितिका सदस्यहरु, फुकुओकाबासी नेपालीहरुको उपस्थितिमा आयोजित घोषणासभामा जापानबासी नेपालीहरुले आफुलाई साथ र सहयोग गर्नेमा बिश्वस्त रहेको पनि बताएका थिए । घोषणा सभामा बोल्दै एनआरएन आईसिसिका निवर्तमान सदस्य टंक गैरेले पनि बर्माको एनआरएनए प्रतिको लगाब र केही गर्नुपर्छ भनने जोसलाई हामी सबैले सम्मान गर्दै समर्थन गर्नुपर्ने बताएका थिए ।
‘गैर आवासीय नेपाली संघ जापानको विधिविधानलाई आत्मासात गर्दै, संस्थाको उद्देश्य प्राप्तिको लागि दत्तचित्त रहेर सबैलाई अपनत्व हुनेगरी सामूहिक रूपमा कार्यसम्पादन गर्दै अगाडि बढ्ने प्रण गर्दै आगामी कार्यकाल २०२१-२०२३ का लागि एनआरएनए जापानको अध्यक्ष पदमा मेरो उम्मेदवारी घोषणा गर्दछु,’ उनको घोषणा पत्रमा लेखिएको छ, ‘गैर आवासीय नेपाली संघ जापानको अध्यक्ष पदमा निर्वाचित गर्न यहाँहरूको अमूल्य मत, साथ र समर्थनबिना असम्भव छ । मलाई विश्वास छ यहाहरूको साथ मलाई प्राप्त हुनेछ र म यहाँहरूको सेवामा समर्पित हुने सौभाग्य प्राप्त मलाई हुनेछ ।’
वर्माले चुनौतीलाईअवसरमा परिणत गर्दै जापानवासी नेपालीहरुले अनुभूति गर्ने गरी सामाजिक कार्यहरू गर्ने प्रतिबद्धता समेत जनाएका छन् । ‘गैर आवासीय नेपाली संघ जापानमा मरो आवद्दता र अनुभब को आधारमा यस अभियानको चुनौति र अवसरहरुलाई राम्रोसंग बुझेको र वुझ्ने अवसर प्राप्त गरेको छु । तसर्थ, यसका चुनौतीलाई अवसरमा परिणत गर्दै जापानबासी नेपालीहरुले अनुभूति गर्ने गरी सामाजिक कार्यहरू गर्नेछु ।’