काठमाडौं, असार २ ।
कोरोना भाईरसको महामारीको चपेडामा परी बिदेशमा अलपत्र परेका नेपालीहरुको उद्धार कार्य शुरु भएसँगै बिभिन्न देशबाट आफ्नो मातृभुमि फर्कने क्रम जारी छ । यसै सन्दर्भमा श्रीलंका र मालदिभ्समा अलपत्र परेका १५४ जना नेपाली नागरिक सोमबार काठमाडौं आउँदैछन् ।
हिमालय एयरलाइन्सको फ्लाइट नम्बर एचएन ६७३२ नम्बरको चार्टर फ्लाइटबाट उनीहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिँने र्भका हुन । कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर सीसीएमसी का अनुसार उनीहरुलाई नेपालमा उत्रिएपछि उपत्यकाका विभिन्न ठाउँमा रहेका होल्डिङ सेन्टर तथा क्वारेन्टिनमा प्रदेशगत रुपमा राखिनेछ ।
सेन्टरमा विस्तृत विवरण संकलन गरेर प्रदेशको क्वारेन्टिनमा पठाइनेछ । त्यहाँ १४ दिन बसेपछि उनीहरुलाई घर पठाइनेछ । पीसीआर नेगेटिभ भएका व्यक्तिको हकमा भने होम क्वारेन्टिनमा पठाउने गरी व्यवस्था मिलाइएको छ ।