ईराक, पुस २३ ।
अमेरिकाको ड्रोन हमलामा आफ्नो सैनिक जनरलको निधन भए पछी बदला स्वरूप ईराक स्थित अमेरिकी सैनिक क्याम्पमा ईरानले मिसाइल आक्रमण गरेको छ । सो पश्चात चुलिएको द्वन्दका कारण हून सक्ने दुर्घटनालाई मध्यनजर गर्दै सरकारले मध्य पूर्वी एसियामा रहेका नेपालीहरूलाई दूतावाससंग सम्पर्कमा रहन नेपाल सरकारले आह्वान समेत गरी सकेको छ । यसै क्रममा इराकको राजधानी बग्दादस्थित अमेरिकी बेस क्याम्पमा रहेका नेपालीसहित विदेशी कामदारलाई आ–आफ्नो देश फर्काउन थालिएको छ । उक्त क्याम्प सुरक्षाका हिसाबले उच्च जोखिममा पर्छ । क्याम्पभित्र करिब २ सय नेपाली कार्यरत छन् ।
इरान र अमेरिकाबीच तनाव चुलिएपछि बग्दादस्थित अमेरिकी सेनाका लागि सहयोगीको काम गरिरहेका कम्पनीले आवश्यक कामदार राखेर बाँकीलाई आइतवारदेखि पठाउन थालेका हुन् । आइतवार र सोमवार फर्काइएको टोलीमा नेपाली ७ जना छन् । दुई देश बिच युद्धको खतरा बढ़ेपछी ऊनीहरूलाई देश फर्काईएको जनाएको छ ।