नेपाल–भारत सिमा छाङरुमा स्थायी रुपमा सशस्त्र प्रहरी बस्दै, गृहमन्त्रिद्धारा भवन शिलान्यास सम्पन्न

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  565 पटक हेरिएको

दार्चुला , असोज ११ ।

नेपाल–भारत सिमा व्यास गाउँपालिका–१ छाङरुमा सशस्त्र प्रहरी बल नेपाल नं ५० गुल्म स्थायी रुपमा बस्ने भएको छ । हाल स्थायीरुपमा बस्ने भौतिक संरचना निर्माण नभए पनि अहिलेलाई भाडाकै घरमा सशस्त्र प्रहरी बस्ने भएको छ । सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनालले सशस्त्र प्रहरीको गुल्म नै व्यासको छाङरुमा स्थापना भइसकेकाले अब कुनै पनि हालतमा तल नझर्ने बताए । उनले भने, हामीले सशस्त्र प्रहरीलाई बाह्रैमास बस्ने व्यवस्था मिलाउँदैछौं, गएको सशस्त्र प्रहरी तल फर्किदैन ।’

गत वैशाख ३१ गते व्यासको छांगरु गागामा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट बसेको थियो भने २८ असारमा मन्त्रिपरिषदको निर्णयअनुसार छाङरुमा गुल्म स्थापना गर्ने निर्णय भएको थियो । सशस्त्र प्रहरी अहिले भारतले अतिक्रमण गरेको कालापानी क्षेत्रभन्दा झण्डै १४ किलोमिटर वरै बसेको छ । अहिले सशस्त्र प्रहरीले छाङरुको गागाबाटै कौवा र तिंकर क्षेत्रसम्म नियमित गस्ती गरिरहेको महानिरीक्षक खनालले बताए ।

सशस्त्र प्रहरीका लागि रु १० करोड बजेटमा सुविधासम्पन्न भवन बनाउने गरी ठेक्का लगाइएको छ । ढुङ्गा, माटो र काठबाट बन्ने भवनको छतमा जस्तापाता राखिने छ । १५ रोपनी क्षेत्रफल जमिनमा तीन दर्जन कोठा निर्माण गरिने छन् ।

शुक्रबार गृहमन्त्री रामबहादुर थापा र सशस्त्र प्रहरी प्रमुख खनालले सशस्त्र प्रहरीको भवनको शिलन्यास गरेका छन् । उक्त सशस्त्र प्रहरीको भवन उदघाटनपटि छाङरुमा नै बास बसेका गृह मन्त्रि रामबहादुर थापा बादलले सरकारले मात्र सिमा सुरक्षा गर्न नसक्ने भएकोले जनताको पनि साथ र सहयोगको आबश्यक रहने बताएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार