जापान, कार्तिक २१ ।
नेपालीहरुको महान चाड तिहार शुभ दिपावलीको पावन अबसरमा जापानको बिभिन्न क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायले बिभिन्न सांस्कृतिक तथा देउसी भैलो कार्यक्रम आयोजना गरी मनाएका छन । यस्तै जापानको सुदुरपश्चिम क्षेत्र फुकुओकाको किताक्युस्युमा नवगठित क्युस्यु नेप्लिज वेलफियर सोसाईटिको आयोजनामा बृहत देउसी भैलो कार्यक्रम सहितको सांस्कृतिक कार्यक्रमको आयोजना गरेको थियो । जापानको फुकुओको स्थित किताक्युस्युमा बसोबास गर्ने नेपाली समुदायको अभिभाबक संस्थाको रुपमा स्थापना गरीएको क्युस्यु नेप्लिज वेलफियर सोसाईटिले किताक्युस्युका नेपाली समुदायलाई एकिकृत गरी नेपालीहरुको महान चाड दिपावलीको शुभकामना आदान प्रदान सहितको सांस्कृतिक कार्यक्रम तथा देउसी भैलो कार्यक्रमको आयोजना गरीएको संस्थाका अध्यक्ष कैलाश बुढाथोकीले भिजन अनलाईन न्युजलाई जानकारी गराउनु भयो ।
स्थापनाकालको शुरुवात देखि नै उत्कृष्ठ काम सहितको सक्रिय रहेको क्युस्यु नेप्लिज वेलफियर सोसाईटी अहिले संस्थालाई बिधिवत अगाडी बढाउन आबश्यक सामाग्रीहरुको खरिद तथा ब्यबस्थापनामा केन्द्रित रहेको समेत अध्यक्ष बुढाथोकीले जानकारी गराउन भयो । क्युस्यु नेप्लिज वेलफियर सोसाईटी अन्तर्गत गोर्खा एफसि फुटबल कमिटि सोत रहेको र खेलाडीहरुको लागि ड्रेस लगायतका अत्याबश्यक सामाग्रीको ब्यबस्थापन लगायतका आबश्यक सामाग्रीको ब्यबस्थापन अन्तिम चरणमा पुगेको र नपुग रकम दिपावली सांस्कृतिक कार्यक्रम तथा देउसी भैलो कार्यक्रमबाट उठाउन सफल भएको समेत जानकारी गराउनु भयो ।
क्युस्युमा गठित उक्त सोसाईटी स्थापना भएको मात्र ३ महिना मात्र भएको र स्थापनाको पहिलो हप्तामा नै फुकुओकामा आयोजित फुट्सलमा आफ्नो बलियो उपस्थिति सहित फुटबल टिम सहित सहभागिता जनाउन समेत सफल भएको समेत अध्यक्ष बुढाथोकीले जानकारी गराउनु भयो । किताक्युस्युमा सम्पुर्ण नेपाली समुदाय नै सोसाईटीको पक्षमा रहेको र सबैलाई एकिर्कत गरी काम गर्न पनि सहज भएको कार्यसमितिका सम्पुर्ण पदाधिकारी तथा सदस्यहरु आफ्नो जिम्मेवारी निभाउन सक्षम र सक्रिय रहेकोले पनि स्थापना कालखण्डको छोटो समयमा नै सक्रिय उपस्थिति सहित संस्थाको आबश्यक सामाग्री खरिद र आयस्रोत जुटाउन पनि सहज भएको जानकारी गराउनु भयो ।
क्युस्यु नेप्लिज वेलफियर सोसाईटीद्धारा आयोजित देउसी भैलो तथा सांस्कृतिक कार्यक्रम २०२१ मा कलाकार राधा पुनद्धारा प्रस्तुत नृत्य तल हेर्न सक्नु हुनेछ । हेरेर प्रतिक्रिया दिन नभुल्नुहोला ।
कलाकार राधा पुनको नृत्य जापान