एनआरएनए, एनसिसि माल्टाको निर्वाचन सम्पन्न,अध्यक्षमा अत्यधिक मतका साथ भुवन अर्याल बिजयी

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  300 पटक हेरिएको

माल्टा। साउन १६ । 

गैर आवासीय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद माल्टाको आगामी(२०२१-२०२३) २ बर्षे कार्यकालका लागी निर्बाचन सम्पन्न भएको छ। साझा र समाबेशी २ प्यानल गरी भएको निर्वाचनमा साझा प्यानलका भुवन अर्याल कुल ३३८ मत ल्याई अध्यक्षमा निर्वाचित भएका छन् त्यस्तै आईसिसि सदस्यमा राजु अर्याल(बाबु) ले कुल ३४६ मत ल्याई निर्वाचित भएका छन । हिजो सम्पन्न निर्वाचनबाट आगामी कार्यकालको लागि उपाध्यक्षमा नबिन गिरी,नरेश खनाल,कृष्ण गोपाल पुन र महिला उपाध्यक्ष सबिता भण्डारि निर्वाचित भएका छन ।

त्यस्तै युबा उपाध्यक्षमा रोहित गौतम, महासचिवमा रोशन गिरी, सचिबमा कुलचन्द्र गौतम र रामु भण्डारी, कोषाध्यक्ष पदमा मनोज उपाध्याय, युवा संयोजकमा रोशन आचार्य र महिला संयोजकमा बबिता अधिकारी निर्वाचित भएका हुन । आगामी नेतृत्वको लागि भएको निर्वाचनबाट सदस्यहरुमा ओमलाल पाण्डे, ईशु थापा, जनक श्रेष्ठ, बिकेश घिमिरे,सुनिल रानामगर र रञ्जित गिरी निर्वाचित भएका छन्। सहकोषाध्यक्ष भने यसअघि नै बिजय परियार निर्विरोध चयन भएका थिए। कुल ७५८ जना मतदातामध्ये ६६९ जनाको सहभागिता रहेकोे थियो। मतदाताहरुको उल्लेखनिय सहभागिता रहदै चुनाब स्वच्छ र शान्त बाताबरणमा सफल भएको नवनिर्वाचित अध्यक्ष भुवन अर्यालले भिजन अनलाईन नयुजलाई जानकारी गराउनु भयो ।

आगामी दिनमा माल्टा स्थित रहेका विभिन्न संघसस्थाहरुसँग सहकार्य गर्दै काम गर्ने पनि बताउनु भयो । आसनन निर्वाचन सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष सहयोग गर्नुहुने सम्पुर्ण माल्टाबासि दाजु भाइ तथा दिदिबैनि बुद्धिजिवि,व्यव्सायि, आबद्ध सबैमा हार्दिक धन्यवाद दिदै आगामी दिनमा पनि साथ र ुहयोगको अपेक्षा गरेको र सहकार्य गरेर काम गर्ने समेत बताउनु भयो । आसन्न निर्वाचनबाट निर्वाचित एनआरएनए माल्टाका सम्पुर्ण कार्यसमिति अध्यक्ष, पदाधिकारीहरु तथा सदस्य ज्युहरुलाई भिजन अनलाईन न्युज परिवार बधाइ तथा कार्यकाल सफलताको शुभकामना ब्यक्त गर्दछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार