पुरातात्विक महत्वको रातो मछिन्द्रनाथको जात्रामा झडप, प्रहरीद्धारा दर्जनौ अश्रुग्यास प्रहार स्थिति तनाबग्रस्त

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  1563 पटक हेरिएको

काठमाडौं, भदौ १८ ।

नेपालको पुरातात्विक महत्वको रातो मछिन्द्रनाथको जात्रामा झजप भएको छ । बिश्व कोरोनाबाट आक्रान्त भईरहेको सन्दर्भमा नेपाल सरकारले हाललाई कुनै पनि भिडभाड युक्त कार्यक्रम नगर्ने गरी निर्णय तथा उपत्यकामा निषेधाज्ञा समेत जारी गरेको थियो । हिजोबाट उपत्यकामा जारी निषेधाज्ञा केही हदसम्म खुकुलो भएसँगै पुरातात्विक महत्व बोकेको रातो मछिन्द्रनाथको जात्रामा युवाहरुले स्वस्फुर्त रातो मछिन्द्रनाथको रथ तानेपछि ललितपुरको पुल्चोकमा तनाव भएको छ ।

प्रहरी र स्थानीय युवाहरुबीच झडप भएको छ । प्रहरीले रथ तान्न रोकेपछि युवाहरुले विरोध गरेका थिए । त्यही बेला प्रहरीले पानीको फोहोरा हान्न ट्यांक ल्याएपछि युवाहरुले ढुंगामुढा गरे । त्यसलाई रोक्न प्रहरीले केही सेल अश्रुग्यास हानेको छ । अहिले पनि तनाव कायमै छ । युाहरुले रथ सडकको बीचमा पुर्‍याएका छन् ।

कोरोना महामारीको जोखिमबीच सयौं संख्यामा आएका स्थानीय र गुठियारहरूको भीडले रातो मच्छिन्द्रनाथको रथ तानेर बीच सडकमा ल्याएका थिए। प्रहरीले स्थिति नियन्त्रणमा लिन पानीको फोहोरा र अश्रुग्यास हानेको हो। यसको जवाफमा रथ तान्न आएकाहरूले प्रहरीमाथि ढुंगा हानेका थिए। केही प्रहरी घाइते भएका छन् भने केही स्थानीयलाई पनि चोट लागेको छ।

झडप क्रममा एउटा मोटरसाइकलमा आगो लागेको थियो, जसलाई प्रहरीले पानीको फोहोरा छ्यापेर निभाएका छन्।

प्रहरी र रथ तान्नेहरूबीच भएको झडप क्रममा केही बेर पुल्चोक तनावपूर्ण भएको थियो। अहिले पुल्चोक सडकमा ठूलो संख्यामा प्रहरी तैनाथ छ। उनीहरूले मूल सडकबाट भीड पन्छाएर रथलाई घेरेर राखेका छन्। रथ तान्न आएकाहरू पुल्चोकबाट मंगलबजार जाने बाटोतर्फ मदन स्मारक स्कुलनिर नाराबाजी गर्दै छन्। प्रहरीले उनीहरूलाई त्यहाँबाट अगाडि आउन नदिन बाटो छेकेका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार