नेपालमा संक्रमण बढ्नेक्रम तिब्र आज एकै दिन १६६ जना संक्रमण पुष्टि, कुल संक्रमित संख्या १५६७ पुग्यो

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  1334 पटक हेरिएको

काठमाडौं, जेठ १८ ।

आज दिनभर नेपालमा थप १६६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले यसबारे जानकारी दिएका हुन् । उनले एक सय ६२ पुरुष र ४ महिलामा कोरोना संक्रमण पुष्टि भएको पत्रकारहरुलाई बताए ।

प्रवक्ता देवकोटाका अनुसार हालसम्म कोरोना भाइरसको आशंकामा पीसीआर विधिबाट ६९ हजार ५८२ वटा नमुना परीक्षण गरिएको छ । पछिल्लो चौबीस घण्टामा कोरोना भाइरसको आशंकामा २ हजार ८५३ वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सातै प्रदेशका विभिन्न क्वारेन्टाइनमा १ लाख १९ हजार १९२ जना रहेको पनि उनले जानकारी दिए । आज थप एकजना कोरोना संक्रमित निको भएर घर फर्किएको पनि जानकारी गराएका थिए। कोरोना निको हुनेको संख्या २२० पुगेको छ । डिस्चार्ज हुनेमा पुरुष १७२ र महिला ४८ जना रहेका छन् । आज एकै दिन १६६ जनामा कोरोना पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १५ सय ६७ जना पुगेको छ भने ज्यान गुमाउनेको संख्या ८ जना पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार