काठमाण्डौं, असार २६ ।
नेपालमा पछिल्लो समय कोरोना संक्रमितको संख्या भन्दा निको भई घर फर्कनेको संख्या धेरै रहेको छ । संक्रमितको संख्यामा भने कमी पाईएको छ । आज पछिल्लो २४ घण्टामा १ सय १८ संक्रमित थपिएका छन् । देशभरका २५ वटा प्रयोगशालामा ४ हजार बढीमा गरिएको परीक्षणका क्रममा ती संक्रमित फेला परेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनका क्रममा जानकारी दिए ।
यो सगैँ देशकर कुल १६ हजार ६ सय ४९ पुगेको छ । उपत्यकामा निरन्तर कोरोना संक्रमित बढ्दो छ । आज मात्रै काठमाण्डौ उपत्यकामा ३२ जना संक्रमित थपिएका छन् । कोरोनाबाट हाल सम्म ३५ जनाको मृत्यु भएको छ । आज कोरोना जीतेर एक सय २० जना घर फर्किएका छन् ।