चिनको वाणिज्य दुतावासको ढोका फोरेर अमेरीकी अधिकारी पसे पछि, अमेरीकी दुतावास अगाडि चीनले तैनाथ गर्यो प्रहरी

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  1111 पटक हेरिएको

एजेन्सी, साउन ११ ।

अमेरीका र चीनबीचको तनाब निरन्तर बढीरहेको छ । अमेरिकाको हस्टनस्थित चिनियाँ वाणिज्य दूतावासको कार्यालयमा अमेरिकी अधिकारीहरुको समूहले जबर्जस्ती ढोका खोलेर प्रवेश गरेका छन् । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले वाणिज्य दूतावास बन्द गर्ने आदेश दिएपछि दूतावासको कार्यालयमा यस्तो दृश्य देखिएको हो । शुक्रबार साँझ ती अधिकारीहरुले दूतावासको पछाडिपट्टीको ढोका खोल्दै गरेको दृश्य सार्वजनिक भएको थियो ।

चिनियाँ अधिकारीहरुले शुक्रबार दूतावास छाडेको केही घण्टामै अमेरिकी अधिकारीहरुले कार्यालयको ढोका खोलिदिएका हुन् । गत बुधबार ट्रम्पले चिनियाँ वाणिज्य दूतावास बन्द गर्न आदेश दिएका थिए ।

यसको बदलामा चीनले पनि छेग्दुमा रहेको अमेरीकी महावाणिव्य दुतावास बन्द गर्न ७२ घण्टे आदेश दिएको थियो । त्यस पछि अमेरीकी दुतावासका कर्मचारीले छाड्ने क्रम शुरु भएको छ । यस दुतावासको बाहिर ठूलो संख्यामा चीनीया प्रहरीहरु तैनाथ भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । दुई देश बिचको पछिल्लो टकरावले बिश्व कोरोना भाईरसको लडाई लडिरहेको अवस्थामा फेरी बिश्वयुद्ध हुने संकेत त होईन दुई देश बिचको टकराबले बिश्वलाई तनाब सृजना गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार