जापानमा बिनाशकारी ताईफु–१० तथा ताईफु हाईशेन आउदै, सचेत रहन जापान सरकार तथा मौसम बिभागकोे अनुरोध

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  2017 पटक हेरिएको

जापान, भदौ १९ ।

चारै तिरबाट समुन्द्रले घेरिएको देश जापानमा सबै भन्दा बढि ताईफु जस्ता प्राकृतिक बिपदी समयसमयमा आईरहने गर्दछ । जापानमा हालसम्म सबैभन्दा बढि धनजनको क्षति ताईफुबाट भएको छ । यस्तै जापानमा पुन ताईफु–१० वा ताईफु हाइशेन प्रवेश गरेको छ । हाल जापानको पश्चिमी क्षेत्र ओकिनावा नजिक आईपुगेको ताईफु–१० ले जापानमा ठुलो असर पार्ने आकलन गरिएको छ । त्यस्तै ताईफु १० अर्थात ताइफु हाइशेनको लागि तयारी रहन पनि जापान मौसम बिभागले आह्वान गरेको छ । ताइफु हाइशेन शुक्रबार बिहान ओकिनावा नजिक आमामी द्विपबाट अघि बढिरहेको छ ।

मौसम विद्हरुका अनुसार, यो ताईफु विध्वंसकारी हुने प्रवल सम्भावना छ । खासगरी यसले आफ्नो मुख्य बाटो पर्ने क्षेत्रमा बिनास निम्त्याउने छ । जापानमा सामान्यतय अगस्ट अन्ततिरबाट सुरुभई सेप्टेम्बर महिनाभरी दर्जनौँ ताईफु आउने गर्दछ । ति मध्ये केहि अत्यन्तै विनाशकारी हुने गरेका छन् । यस पटकको ताईफु १० पनि विनाशकारी मध्ये एक रहेको विज्ञहरुले अनुमान गरेका छन् । उनिहरुले भनेका छन् यो सामान्य होईन त्यसैले बेलैमा पूर्व तयारी गरेर बस्न सबैको लागि सुचना जारी गरेको छ ।

मौसम विद्हरुले बृद्दबृद्दा हेरचाह केन्द्रमा रहेकाहरुलाई ताइफुको कम प्रभाब पर्ने क्षेत्रमा सार्नका लागि सुझाब समेत दिएका छन् भने अन्य ब्यक्तिलाई समेत ओकिनावा देखी खागोसिमा, कुमामोतो, नागासाकी, सागा, फुकुओका क्षेत्रमा सम्भब भएसम्म ५ देखी ७ तारिखमा आफ्नो स्थान नजिक बलियो भौतिक संरचना भएका स्थानहरुमा सर्नका लागि सुझाएका छन् ।

ताईफुको विनाशकारी प्रभाव कम गर्न तथा यसबाट बच्नको लागि के गर्ने ?

१. स्थानीय रेडियो तथा टेलिभिजनहरुमा दिईने समाचार तथा जानकारीहरुमा अपडेट भईरनुहोस्, घरमा टिभी र रेडियो छैन मोबाईलफोन मै भएपनि आफु बसेको स्थानको पछिल्लो अपडेट लिनुहोला ।

२. खाना रपानीको पूर्वतयारी गर्नुहोस् । कम्तिमा ३ दिनसम्मका लागि पुग्ने तयारी खानाहरु ९ नपाकाई खान मिल्ने०भण्डारण गर्नुहोस् । संगै पिउने पानी तथा अन्य जुस लगायतका पेय पदार्थहरुको पनि जोहो गर्नुहोस् ।

३. ओकिनावारजापान ।ताईफु १० अर्थात ताइफु हाइशेनको लागि तयारी रहन जापान मौसम बिभागले आह्वान गरेको छ । ताइफु हाइशेन शुक्रबार बिहान ओकिनावा नजिक आमामी द्विपबाट अघि बढिरहेको छ ।

४. विद्युत प्रसारण लाईनहरुमा समस्या आउन सक्ने भएकोले मोबाईल फोन तथा पावर वैंकहरुमा चार्ज फूल गरिराख्नुहोस्। ताकि तपाई आफ्ना आफन्त तथा संचार माध्यमबाट जानकारी लिन सक्नेछ ।

५. घरमा बाहिर रहेका टुट्न फुट्न सक्ने सामानहरु जस्तै गमला, लुगा सुकाउने ह्यांगर आदि छन् भने भित्र सुरक्षितरुपमा राख्नुहोस् ।

६. पर्याप्त सुचनाहरु लिएर, ताईफु अवधीभर अलि बलियो खालको घर या भवनहरुमा बस्नुहोस्, कमजोर घरहरु उडाउन सक्नेछ । साथै ताईफुको प्रभावस्वरुप भारी वर्षा भई बाढी आउनेरपहिरो जाने लगायतका घटनाहरु पनि घट्नसक्ने भएकाले आश्रय लिँदा कम्तिमा २ तला वा सो भन्दा अग्लो घरहरुमा बस्नुहोस् ।

७. स्थानीय निकायले तोकेका उद्दार केन्द्रहरुबारे सुसुचित रहनुहोस् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार