बाग्मती प्रदेश क्रिकेट संघको अध्यक्षमा पूर्वकप्तान पारस खड्का निर्वाचित

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  137 पटक हेरिएको

काठमाडौं, भदौ १५ ।

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्का बागमती प्रदेश क्रिकेट संघको अध्यक्षमा निर्वाचित भएका छन् । आज भएको चुनावमा उमेश पियालाई पछि पार्दै पारस बाग्मती प्रदेश क्रिकेट संघको अध्यक्ष पदमा निर्वाचित भएका हुन् । ६ जिल्लाबाट २४ र कार्यसमितिको १३ जना गरी कुल ३७ जनाले मतदान गरेका थिए भने उनीहरूको चयनबाट आगामी चार वर्षका लागि १३ सदस्यीय प्रादेशिक क्रिकेट संघ वागमती प्रदेशको नेतृत्व चयन भएका हुन ।

उक्त मतदानबाट उनले २३ मत पाए भने पियाले १४ मत पाए । १३ सदस्यीय कार्यसमितिमा पारससहित उनको टिमबाट १२ जना चयन भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार