अस्ट्रेलियाको आत्मघाती गोलले जापान २-१ ले बिजयी

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  87 पटक हेरिएको

जापान, असोज २६ । 

फिफा विश्वकपको एशिया छनोटमा जापानले अष्ट्रेलियालाई पराजित गरेको छ । मंगलबार साँझ भएको खेलमा जापानले अष्ट्रेलियालाई दुई एकले पराजित गरेको हो । तेस्रो चरणको छनोटमा अष्ट्रेलियाको यो पहिलो हार हो।  घरेलु मैदानमा भएको खेलमा जापानको जितमा टानाकाले एक गोल गरे भने एक गोल भने अस्ट्रेलियाका खेलाडीले आत्मघाती गोल गर्दा जापानले जित हात पारेको हो । अष्ट्रेलियाका लागि एक गोल रुस्टेकले गरेका थिए।

अघिल्लो खेलमा साउदी अरेबियासँग एक शुन्यले पराजित भएको जापानले अष्ट्रेलियाविरुद्ध भने प्रतिस्पर्धात्मक जित निकाल्यो खेलको आठौं मिनेटमा नै आओ टानाकाको गोलमा जापानले अग्रता बनाएको थियो।  पहिलो हाफमा एक शुन्यको अग्रता बनाएको जापानले ६९ औं मिनेटमा गोल खान पुग्यो।अष्ट्रेलियाका लागि एज्डिन रुस्टिकले गोल गरे।

तर ८५ औं मिनेटमा जापानले उपहार गोल पायो। अष्ट्रेलियाका बेहिचले आफ्नै पोष्टमा गोल गरेपनि जापानले खेलमा फेरी अग्रता बनायो। त्यसपछि अष्ट्रेलिया खेलमा फर्कन सकेन र जापानले दुई एकको जित निकाल्यो। अष्ट्रेलियाको पछिल्ला पाँच खेलमा यो पहिलो हार हो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार