काठमांडौ, पुस २४ ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद गगन थापाले सूचना प्रविधि विधेयकका शब्द-शब्दमा सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटासँग छलफल गर्न आफू तयार रहेको बताएका छन्। सुचना प्रविधि मन्त्रि बास्कोटाको भनाईमा आपत्ति जनाऊदई नेता थापाले छलफलका लागि कहाँ आउने भनेर सञ्चार तथा सूचना प्रविधि मन्त्री बाँस्कोटालाई प्रश्न पनि गरेका छन्।
‘विधेयकमा कहाँ छलफल गर्ने मन्त्रीजी? सिंहदरबारमा गर्ने, संसदमा कि माइतीघरमा गर्ने?,’ विधेयकको विरोधमा नेविसंघले बिहीबार माइतीघर मण्डलमा आयोजना गरेको कार्यक्रममा थापाले भने, ‘यो विधेयकको धारा-धारामा, दफा-दफामा छलफल गर्न तयार छु।’
मन्त्री बाँस्कोटाले विधेयक नपढी बोलेको प्रतिक्रिया दिएको उल्लेख गर्दै थापाले थपे, ‘माननीय मन्त्रीजीले भन्नुभएछ यो विधेयक नपढी आयो। प्रत्येक दफा, शब्दशब्दमा छलफल गर्ने हो? तयार छु। नपढी आयो भनेर हेप्नी हामीलाई?’
उनले सूचना प्रविधि विधेयकले नागरिक स्वतन्त्रता कुण्ठित हुने पनि बताए।
‘केही दिनमा सदन सुरू हुन्छ त्यहाँ हामी यो विधेयक रोक्न पहल गर्छौं,’ उनले भने, ‘हामीलाई तागत दिनुहोस्। विद्यार्थी, विपक्षी दलका साथीहरू, पत्रकार र नागरिकहरू सडकमा आउनुहोस् बिधेयक रोक्न सडक र सदनबाट लढ़नु पर्ने बताएका छन ।