राष्ट्रियसभा निर्वाचनमा नेपाली कांग्रेस र समाजवादी पार्टीबिच चुनाबी तालमेल

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  787 पटक हेरिएको

काठमाडौं, पौष १८ ।

आगामी माघ ९ गते हुने राष्ट्रिय सभाको निर्वाचनमा नेपाली कांग्रेस र समाजवादी पार्टीले चुनावी तालमेल गर्ने भएका छन्। शुक्रवार दुई पार्टीबीच चुनावी तालमेलको सहमति भएको हो। दुई पार्टीबीच प्रदेश २ का चार सिट बाँडफाँटमा सहमति समेत गरेका छन्, जस अनुसार कांग्रेसको तर्फबाट महिला र अल्पसंख्यक तथा समाजवादीको तर्फबाट दलित र अन्य पदमा उम्मेदवार दिने दुई दल बिच सहमति भएको हो ।

सहमतिपत्रमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र समाजवादीका अध्यक्ष उपेन्द्र यादवले हस्ताक्षर गरेका हुन । प्रदेश २ मा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा)ले पनि चुनावी तालमेल गरेका छन् ।

केही समय अघि मात्र सरकारबाट बाहिरिएका समाजबादी पार्टी र राजपा बिच पार्टी एकताको आह्वान गरेता पनि त्यो सम्भावना भने अत्यन्त न्यून रहेको छ ।

दुई दल बिच भएको सहमति पत्र

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार