नेपाललाई धक्का दिने को हो ? हामीले जान्न पाउनुपर्छ : शेरबहादुर देउवा

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  1444 पटक हेरिएको

काठमाडौं, माघ १४ ।

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले प्रतिकूल विधेयकहरु फिर्ता लैजान सरकारलाई आग्रह गरेका छन् । प्रतिनिधिसभामा नवनिर्वाचित सभामुख अग्नि प्रसाद सापकोटालाई बधाई तथा शुभकामना व्यक्त गर्दै यस्तो बताएका हुन् ।

“दमन्नाथ ढुंगानाले नै संसद् विपक्षकै हो भन्ने देखाउनु भएको थियो,” देउवाले भने,“त्यसबेला हामी सत्तापक्षमा थियौं । अहिले सरकारले प्रतिकूल विधेयकहरु ल्याएको छ । जहाँ प्रेस स्वतन्त्रता हुँदैन त्यहाँ लोकतन्त्र सफल हुँदैन । यो कुरा बुझ्नुपर्छ ।”उनले अभिव्यक्ति स्वतन्त्रताका विरुद्धमा र प्रेसलाई नियन्त्रणमा लिने जस्ता विधेयक फिर्ता लैजान माग गरे ।

त्यसैले टेलिफोन ट्यापिङजस्ता विधेयक संसद्ले पारित गर्नै नसक्ने बताए । उनले प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा धक्का आउन सक्ने बताएको उल्लेख गर्दे कहाँबाट आउन लागेको धक्का त्यसबारेमा जानकारी पाउनुपर्ने भन्दै ध्यानाकर्षण गराएका थिए ।

“प्रधानमन्त्रीले धक्काको कुरा गर्नुभयो रु कहाँबाट आउने हो नेपाललाई धक्का रु नेपाललाई धक्का दिने को हो हामीले पनि थाहा पाउनुपर्छ । हामीले सामना गर्न तयार छौं । नेपालमा धक्का दिन कसले सक्छ रु हामीले पनि हेरौं ।” उनले एमसीसी पारित गर्न के आपत्ति भयो भन्दै सरकारसँग जवाफ माग गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार