जापान, साउन २० ।
गैर आवासीय नेपाली संघ क्युशु क्षेत्रिय कार्यसमितिका २०२३/२०२५ कार्यकालको दोस्रो चरणको नेतृत्व तथा संयोजकको जिम्मेवारी भीम बहादुर गुरुङ्गले आज एक औपचारिक कार्यक्रमका बिच लिएका छन । बिगतका दिनमा एनआरएनए क्युशुको नेतृत्व चयनको समय दुई संयोजकका प्रत्यासी बिच १/१ बर्षे कार्यकाल रहने गरी फुकुओकाका अग्रज, बिभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थितिमा सहमति गरी कार्यसमिति चयन गरिएको थियो । सोही सहमति बमोजिम २०२३/२०२५ कार्यकालको पहिलो १ बर्षे कार्यकालको नेतृत्व बिबेक बुढाथोकीले लिने र अर्को १ बर्षे कार्यकालको नेतृत्व अर्का संयोजकका प्रत्यासी भीम बहादुर गुरुङ्गले लिने गरी सहमति गरी २०२३/२०२५ कार्यसमिति प्रारम्भ गरिएको थियो ।
तत्कालिन संयोजक बिबेक बुढाथोकीले सहजै रुपमा नेतृत्व हस्तारण गर्न अस्वीकार गर्दै कार्यसमितिमा आफु बैधानिक संयोजक रहेको र मैले संयोजकका प्रत्यासी भीम बहादुर गुरुङ्ग ज्युलाई नेतृत्व दिने सहमति नगरेको भन्दै कार्यसमितिको ग्रुपमा जानकारी गराएसँगै एनआरएनए क्युशुको नेतृत्वमा पुनःबिबाद उत्कर्समा पुगेको थियो । तर उक्त बिबादलाई बाहिर नल्याई तत्कालिन निर्वाचन कमिटि र कार्यसमितिबाट नै समाधान गरी नेतृत्व हस्तान्तरण गर्ने तयारी र अनुरोध अग्रज तथा सहमति गराउने प्रतिनिधिहरुको प्रयास भएपनि निवर्तमान संयोजक बिबेक बुढाथोकीले सबैको अनुरोध र सहमति कार्यान्वयनको लागि गरिएको अनुरोधलाई अस्वीकार गरेको जनाएको छ ।
निजले सबैको उपस्थितिमा गरिएको सहमति बमोजिम जिम्मेवारी हस्तान्तरण गर्न अस्वीकार गरेसँगै यो बिषयले समाजमा बिभाजन ल्याउने र दुर्घटना निम्त्याउने स्थिति आएसँगै कार्यसमितिको पूर्ण बहुमत, तत्कालिन निर्वाचन कमिटि अग्रज र फुकुओकाका बिभिन्न संघसंस्थाका अध्यक्षहरुको उपस्थितिमा पुर्व सहमतिलाई कार्यान्वयन गर्दै भिम बहादुर गुरुङ्गलाई २०२३/२०२५ कार्यकालको दोस्रो १ बर्षे कार्यकालको नेतृत्व दिने निणय गर्दै एनआरएनए क्युशुको नेतृत्व भिम बहादुर गुरुङ्गलाई दिईएको जनाएको छ ।
उक्त कार्यक्रममा सहमति कार्यान्वयनमा महत्वपुर्ण भूमिका निभाउनु भएका एनआरएनए आईसिसिका पुर्व कोषाध्यक्ष समेत रहेका फुकुओकाका अग्रज सामाजिक ब्यक्तित्व समेत रहेका टंक गैरेले फुकुओकामा रहेका हामी सबै अग्रजहरुको उपस्थितिमा भएको सहमति कार्यान्वयन गराउने जिम्मेवारी हाम्रो रहेको र उक्त सहमतिलाई कुनै पनि हालतमा कार्यान्वयन हुनेमा ढुक्क हुन उपस्थित सबैलाई आश्वासन समेत दिएका थिए । समाजमा बसेर सामाजिक काम गर्न सामाजिक संघसंस्थाहरुको समेत एकता र भरोसा अपरिहार्य रहेको र यो सहमति कार्यान्वयन नभएमा समाजमा अबिश्वासको बाताबरण सृजना हुने र यसले नेपाली समुदायमा नकारात्मक सन्देश जाने भन्दै सहमति बमोजिम नै क्युशुका संयोजक भिम बहादुर गुरुङ्ग नै हुने स्पष्ट समेत पारेका थिए ।
एनआरएनए क्युशुको नेतृत्व हस्तान्तरण सहज तरिकामा नभएमा चरणबद्ध रुपमा औपचारिक कार्यक्रम मार्फत भिम बहादुर गुरुङ्गलाई एनआरएनए क्युशुको नेतृत्वमा स्थापित गर्दै सामाजिक रुपमा अगाडी सार्ने तयारी समेत गरिसकेको अबस्था थियो । सबै गतिबिधिलाई लिएर तत्कालिन निर्वाचन कमिति सहमतिकर्ता सबैमा नैतिक दबाब तिब्र रहेकोले अन्त्यमा तत्कालिन संयोजक बिबेक बुढाथोकीको असमतिका बाबजुत फुकुओकाका अग्रज सामाजिक ब्यक्तित्व, बिभिन्न संघसंस्थाका अध्यक्ष तथा पदाधिकारी सहित एनआरएनए क्युशु कार्यसमितिको पुर्ण समर्थनमा भिम बहादुर गुरुङ्गलाई आगामी २०२३/२०२५ कार्यकालको बाँकी अबधिको नेतृत्व हस्तान्तरण गरिएको एनआरएनए जापानका उपाध्यक्ष देबराज उप्रेतीले जानकारी गराउनु भयो ।
उक्त छलफल तथा एनआरएनए क्युशुको नियमित बैठकमा उपस्थित जनाएका कार्यसमिति पदाधिकारी, सदस्य तथा सल्लाहकार, एनआरएनए आईसिसिका निवर्तमान सहकोषाध्यक्ष टंक गैरे, एनआरएनए आईसिसिका युवा संयोजक सुपेन्द्र घिसिङ्ग, एनआरएनए जापानका उपाध्यक्ष देबराज उप्रेती, नेपाली जनसम्पर्क समितिका सभापति ढिका कार्की एनआरएनए जापानका सदस्य दय ज्योती के.सी, नारायण सुबेदी, नेपाल आदिबासी जनजाति महासंघ, क्युशु कार्यसमितिका अध्यक्ष सन्तमान शाक्य, फुकुओका नेपाल सोसाईटिका अध्यक्ष ईन्द्र प्रसाद घले, नेपाली जनसम्पर्क समितिका क्षेत्रिय सभापति लगायतले सफल कार्यकालको शुभकामना तथा बधाई दिएका थिए ।