नवनियुक्त मन्त्रिहरूले पद तथा गोपनियताको सफत लिए आजै पदभार सम्हाल्ने

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  61 पटक हेरिएको

 काठमाण्डौं, असोज २९ ।   

राष्ट्रपतिद्वारा हिजो नियुक्त भएका तीन मन्त्रिले आज पद तथा गोपनियताको सपथ लिएका छन । नवनियुक्त मन्त्रिहरू अर्थमन्त्री विष्णु पौडेल, सहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठ र महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री लीलानाथ श्रेष्ठले शपथ लिएका हुन ।

राष्ट्रपति कार्यालय शितल निवासमा आज आयोजित सपथ ग्रहण कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले उनीहरूलाई सपथ खुवाएकी हुन्। सपथ खाएपछि नवनियुक्त मन्त्रीहरूले आजै पदभार सम्हाल्दैछन् ।

शपथ ग्रहणमा नयाँ मन्त्री नियुक्तिप्रति असन्तुष्ट रहेका पार्टी अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधव कुमार नेपाल उपस्थित भएनन् । उनीहरुले कोरोनाको कारण देखाए पनि असन्तुष्टीका कारण उपस्थित नभएको बताईएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार