जुम्ला, जेष्ठ २३ ।
नेपालमा कोरोना संक्रमणले पछिल्ला दिनमा तिब्रता लिएको छ भने मर्नेको संख्या पनि दिन प्रति दिन बढ़न थालेको छ । नेपालमा क्वारेन्टाईनमै मानिसहरुको ज्यान जाने क्रम रोकिएको छैन । फेरी जुम्लामा क्वारेन्टिनमा बसेका एक जनाको मृत्यु भएको छ ।
चन्दननाथ नगरपालिका–८ धुपी ढुस्का माध्यामिक विद्यालय तलिउममा क्वारेन्टिनमा रहेका ६५ वर्षीय व्यक्तिको मृत्यु भएको छ ।
मृतक २१ गते जिल्ला बाहिरबाट आएर क्वारेन्टिनमा बसेका थिए । मृतकको कोरोना परीक्षणका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको टोली स्वाब संकलनको लागि जादै छ । ती वृद्धा यस अघि दमको रोगी भएको बताईएको छ ।