
काठमाडौं, पौष, ३ ।

त्रिभुवन विश्वविद्यालयको ४५औँ दीक्षान्त समारोह आज हुँदै छ । पुल्चोकमा रहेको इन्जिनियरिङ क्याम्पस परिसरको खेल मैदानमा दीक्षान्त समारोह हुने त्रिविले जनाएको छ । त्रिविले कीर्तिपुर र कहिले दशरथ रंगशालामा आयोजना गर्ने दीक्षान्त समारोह ३/४ वर्षयता पुल्चोक इन्जिनियरिङ क्याम्पस परिसरमा गर्दै आएको छ ।
परीक्षा नियन्त्रण कार्यालयका अनुसार यसपटक दीक्षान्त समारोहमा सहभागी हुन ७० हजार ७७ विद्यार्थी योग्य भए पनि १० हजार १ सय ८३ विद्यार्थीले मात्र फाराम भरेको जानकारी गराउदै गत वर्ष पनि ७४ हजार २ सय ८६ विद्यार्थी योग्य भए पनि ९ हजार ५ सय २० जनाले फाराम भरेका थिए ।

अनलाइनबाट फाराम भर्ने व्यवस्था गरेकाले गत वर्षबाट सहभागी हुनेहरू बढेको त्रिविले जनाएको छ ।
त्रिविले यसपटकको दीक्षान्त समारोहमा विशेष अतिथिका लागि बंगलादेशको ढाका विश्वविद्यालयका उपकुलपति प्राडा मोहम्मद अतिरुज्मानलाई आमन्त्रण गरेको पनि जानकारी गराउनु भयो ।
