सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाका अध्यक्ष ङिम दोर्जी शेर्पाको क्यान्सर रोगका कारण निधन

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  447 पटक हेरिएको

काठमाण्डौँ, असार २ ।

सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाका अध्यक्ष ङिम दोर्जी शेर्पाको निधन भएको छ । क्यान्सर रोगका कारण मंगलबार बिहान ३९ वर्षको उमेरमा उनको निधन भएको हो ।

आन्द्राको क्यान्सरबाट पीडित उनको काठमाडौंस्थित ह्याम्स र निदान अस्पतालमा उपचार गरिएको थियो । तर, पछिल्लो समय अवस्था सुधारोन्मुख नभएपछि चिकित्सकको सल्लाहमा गाउँ नै फर्काइएको थियो । निधन भएका ङिम दोर्जी शेर्पाको आज नै अन्तिम संस्कार गर्ने भएको छ ।

उपचारका लागि भर्ना भएपछि एक महिनाअघि शेर्पाले आफ्नो जिम्मेवारी गाउँपालिका उपाध्यक्ष टसील्हामु शेर्पालाई सुम्पिएका थिए । गाँउ पालिका अध्यक्षको निधन पछि भने गाँउपालिका हाल जिम्मेवारी बिहिन भएका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार