पछिल्लो २४ घन्टाभित्र अहिलेसम्मकै सर्वाधिक १७ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाए

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  828 पटक हेरिएको

काठमाडौँ , असोज ८ ।

बिहीबार एकैदिन अहिले सम्मकै उच्च १७ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन् । आज १२ जना पुरुष र ५ जना महिला गरी १७ जना कोरोना संक्रमितले ज्यान गुमाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा जनाएको छ । मन्त्रालयका अनुसार बिहीबार काठमाडौँ उपत्यकाका काठमाडौँकी ८२ वर्षीया महिला , भक्तपुरकी ७३ वर्षीया महिला , काठमाडौँकै ७५ , ७९ , ८० वर्षीया र भक्तपुरका ८४ वर्षीया पुरुषले कोरोनाका कारण आफ्नो ज्यान गुमाएका हुन् ।

यसैगरी उपत्यका बाहिर मोरंगका ५५ वर्षीया महिला , झापाका ७८ वर्षीया पुरुष , सुनसरीकी ८१ वर्षीया महिलाले पनि कोरोना संक्रमणबाट ज्यान गुमाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै धनुषका ६८ र ७० वर्षीया पुरुष , रौतहटका ६५ वर्षीया पुरुष , धादिंगका ३२ वर्षीया महिलाको पनि कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

तनहुँका ३९ , दाङ्गका ३९ , कपिल्वस्तुका ५० र नवलपरासीका ५५ वर्षीया पुरुषहरुको पनि कोरोनाका कारण ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले जनाए अनुसार आज १७ जनको मृत्यु भएसंगै कुल मृतकको संख्या ४ सय ५३ पुगेको छ ।
यस्तै कुल संक्रमि मध्य ०।६५ प्रतिशतले ज्यान गुमाएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार