१३औं सागको आज भएको ५ हजार मिटर दौडमा सन्तोषी पदक चुम्न चुकिन्

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  879 पटक हेरिएको

काठमाडौं, मंसिर, २०।

धादिंगकी सन्तोषी श्रेष्ठ पाँच हजार मिटर दौडमा पदक जित्न असफल भएकी छन् । १३औं दक्षिण एसियाली खेलकुद (साग)मा उनले मंगलबार १० हजार मिटर दौडमा ऐतिहासिक स्वर्ण जितेकी थिइन् । त्यसैले ५ हजार मिटरमा पनि स्वर्ण अपेक्षा गरिएको थियो ।

तर शुक्रबार भएको पाँच हजार मिटर दौडमा सन्तोषी चौथो भएकी छन् । उनले निर्धारित दूरी १७ मिनेट १३.६८ सेकेन्डमा पूरा गरेकी थिई ।

श्रीलंकन खेलाडीले स्वर्ण जित्दा रजत र काश्य पदक भने भारतीय धावकको नाममा रह्यो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार