काठमाडौं, कात्तिक २८ ।
नेपाल कम्युनिष्ट पार्टी नेकपा का दुई अध्यक्षको ठुलै रस्साकस्सी पछि आज सचिवालयको बैठक बसेको सम्पन्न भएको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को उक्त बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको संकटबारे राजनीतिक प्रतिवेदन तयार पारी आजको बैठकमा पेश गरेका थिए ।
शुक्रबार बसेको सचिवालय बैठकमा प्रचण्डको प्रस्ताव सबै सदस्यलाई दिइएको छ । बैठक बोलाउन सहमति दिन माग गर्दै अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई पेश गरेको पत्र, त्यसको जवाफमा ओलीले प्रचण्डलाई लेखेको पत्र र त्यसको प्रतिउत्तरमा प्रचण्डले ओलीलाई लेखेको पत्र समेत नेताहरुलाई दिइएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बीचको आन्तरिक विवादले पार्टी फुटको अवस्थासम्म पुगेको थियो। राजदूत नियुक्ति, मन्त्रिपरिषद् पुनर्गठन, कर्णाली विवाद, पर्सा घटना, रअ प्रमुख गको भेटवार्ता, कोरोना महामारी नियन्त्रण र आर्थिक संकट, पार्टीभित्रको बैठक निर्णय कार्यान्वयन, पार्टी नेतृत्वको र सरकारको प्रभावकारिताबारे छलफल गर्नुपर्ने भन्दै सचिवालय बस्नुपर्ने बताउँदै आएका थिए।
पार्टीभित्रको विवाद समस्या समाधानका लागि अध्यक्ष दाहालसहित वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठक राख्न लिखित रुपमा माग समेत गरेका थिए। अर्को बैठक मंसिर ३ गते बस्नेछ ।