शिवांश बचाउ अभियानमा जापानको फुकुओकाबाट मोहन सिंह मडै र गोर्खा ब्रदर्सको आर्थिक सहयोग

प्रकाशित:  1365 पटक हेरिएको

जापान, फुकुओका साउन १३ । 

बैतडीका महेशप्रसाद अवस्थीले छोरा जन्मिएदेखि हस्पिटल यात्राको कठोर संघर्ष सहितको जीवनको संघर्षशिल यथार्थ घटना १६ फागुन २०७६ मा अनलाईन खबरबाट सुनाएका थिए । त्यो थियो महेशको जीवनमा परेको यथार्थ घटना जुन मानब जीवनको आंशिक घटना भित्रको एक कठोर पिडादायी कथा समेटि आफ्नो नाबालक छोरा शिवांशलाई बचाउन गरेको हारगुहार थियो । त्यो थियो भर्खर जन्मेको सन्तानमा कलेजो खराबी बचाउनको कलेजो प्रत्यारोपण गर्नुपर्ने अन्यथा जन्मदै पाएको सानो खुसीलाई आँखा अगाडी नै त्याग्नु पर्ने भयानक दुर्घटना । तर पनि उक्त समस्याले पिरोलिएको महेशको जन्मजात छोराको स्वास्थ्य समस्याको नेपालमा पहिचान नभए पछि उनि चेन्नाई पुगेका थिए । र, काठमाडौंमा अस्पतालले एक महिनासम्म राखेर रोगको पहिचानसमेत नगरी डिस्चार्ज गरेपछि छोरालाई बचाउनका लागि चेन्नई पुगेर कलेजो दिनुपरेको व्यथा सविस्तार सुनाएका थिए ।

सोही अपिल र समाचार बिश्व भरि छरिएर रहेका दयालु नेपाली मनहरुले हेरे पढे र आफ्नै सन्तानको समस्या सम्झेर आर्थिक र भौतिक सहयोग गरे । बिभिन्न देशमा उक्त समाचारको प्रभाबका कारण छोटो समयमा नै शिवांशको उपचारका लागि महेशलाई २० लाख रुपैयाँभन्दा बढी रकम सहयोग प्राप्त भयो । हजारौंले स्वास्थ्य लाभको कामनासहित महेशलाई प्रेरणादायी बाबाको रुपमा चित्रण गरे । महेश भने केही व्यवहारिक काम सक्काएर चेन्नई फर्कने तयारी गर्दै थिए । तर, उनी फर्किनुभन्दा दुई दिनअघि नै सरकारले कोभिड–१९ संक्रमण रोकथामका लागि लकडाउन घोषणा गर्‍यो ।

पत्नीलाई एक महिनामै फर्कने बाचा गरेर आएका महेश पाँच महिनादेखि नेपालमै ‘लक्ड’ छन् । ‘अप्रेशन गरेकी पत्नी र सानो छोरालाई उपचारको लागि काखमा च्यापेर दौडाउनुभन्दा बढी पीडा दियो महेशलाई यो कोरोनाको कारण सृजित लकडाउनले’, । आफ्नै कलेजो दिएर आफ्नो नाबालक छोरालाई बचाउन तल्लिन महेशलाई न त प्रकृतिले साथ दिएको छ न त सरकारले केबल साथ छ त बिश्व भरि छरिएर रहेका कोमल मनका धनि नेपालि मनहरु, तिनै कोमल मन र महेशको त्यागलाई उच्च सम्मान गर्दै हाल पनि बिश्व भर महेशको पिडालाई मल्हम लगाउन लागि परेका छन , सहयोग संकलन गरि शिवांशलाई बचाउन लागि परेका छन ।

यस्तै भिडमा जापानको फुकुओका स्थित रहेको गैर आवासिय नेपाली संघ क्षेत्रीय कार्यसमितिका उपाध्यक्ष समेत रहेका मोहन सिहं मडै र रमेश खड्काको नेतृन्वमा रहेको गोर्खाज ब्रदर्स एफ सि फुकुओका, जापानको सकृयतामा सहयोग हस्तान्तरण भएको छ । जन्मेको १४ दिन मै कलेजोमा संक्रमण भई कलेजो प्रत्यारोपण गरिएका बालक शिवांश अवस्थीको उपचारको लागि मोहन सिंह मडैको नेतृत्वमा फुकुओको एउटै कम्पनी कार्यरत नेपालीहरुबाट संकलित ३२००० ऐन र गोर्खाज ब्रदर्स एफ सिको तर्फबाट २३१०० ऐन गरी जम्मा ५५१०० ऐन नेपाली रकम जम्मा रु.६०८८५ रुपैँया शिवांशको बुबा महेश अवस्थीको खातामा एनआरएनए क्युशु क्षेत्रिय कार्यसमितिका उप–संयोजक मोहन सिंह मडैले आईएमई गरी नेपाल पठाएको भिजन अनलाईन न्युजलाई जानकारी गराउनु भयो ।

यदि तपाई पनि सहयोग गर्न चाहानु हुन्छ भने तलको ब्यक्ति तथा नम्बरमा सम्पर्क गरि उल्लेखित खातामा रकम जम्मा गरि सहयोग गर्न सक्नु हुनेछ ।

सहयोगको लागि सम्पर्क बिबरण :-

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार