कलाकार तथा मोडल निशा घिमिरेको उपचारको क्रममा आज निधन

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  82 पटक हेरिएको


काठमाडौं, भदौ १६ ।   

नर्भिक अस्पतालमा उपचाररत मोडल तथा कलाकार निशा घिमिरेको निधन भएको छ । उनको उपचारका क्रममा बुधबार साँझ ६:५१ बजे निधन भएको अस्पतालले विज्ञप्तिमार्फत जानकारी दिएको छ । ‘अस्पतालको सीसीयूमा राखी उपचार गरीरहेको र नर्भिकले गरेका सबै प्रयासका बाबजुद मोडल घिमिरेको निधन हुन पुगेकोमा हामी अत्यन्त दुःखी भएका छौं’ नर्भिक अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजय मिश्रले भनेका छन् ।

उच्च शिक्षाको क्रममा भारत पुगेका कलाकार निशा घिमिरेको भारतमा ठुलो दुर्घटनामा परी घाईते भएकी थिई । दुर्घटनामा घाइते भएकी निशालाई गम्भीर अवस्थामा घरमै रहेका बेला नर्भिक अस्पतालले २०७८ जेठ २७ गते उद्धार गरेको थियो । उद्धार गरी अस्पतालले निःशुल्क उपचार थालेको थियो ।

लगातारको उपचारपछि पनि उनको स्वास्थ्य अवस्थामा अपेक्षित सुधार आउन सकेको थिएन । उनलाई लगातार अक्सिजनको सपोर्ट दिएर सीसीयूमा राखिएको थियो । खाना पनि पाइपबाट खुवाउने गरिएको थियो भने उनका शरीरमा रहेका घाउहरु समेत लामो समयसम्म पुरिन सकेका थिएनन् ।

गम्भीर अवस्थामै रहेकी घिमिरेको मुटु र मृगौलाले काम गर्न छाडेपछि बुधबार बिहानदेखि अवस्था गम्भीर बन्न पुगेको अस्पतालले जनाएको थियो । उनको स्वास्थ्य उपचारको लागी कलाकार लगायतका शुभचिन्तकहरुबाट समेत आर्थिक सहयोग जुटीरहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार