काठमाडौं, चैत २९ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का समानुपातिक सांसद डा. ढाकाकुमार श्रेष्ठलाई पार्टीले कार्बाही गरेको छ । केहिदिन अघि मात्र २ करोड घुस मागेको अडियो सार्वजनिक भएसंगै विवादमा आएका सांसद डा. डाकाकुमार श्रेष्ठलाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासित गरीएको हो । निस्कासित समानुपातिक सांसद डा. ढाकाकुमार श्रेष्ठको स्थानमा भने पार्टीले विन्दवासिनी कंसाकारलाई सांसद बनाउने निर्णय गरेको सभापति लमीछानेले बताएका छन ।
बुधबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले मेडिकल व्यवसायीसँग २ करोड मागेका डा. श्रेष्ठको साधारण सदस्यता खारेज गर्ने निर्णय गरेको हो । साथै समानुपातिक पद्धतिबाट निर्वाचित श्रेष्ठको ठाउँमा मकवानपुरकी कंसाकारलाई सांसद बनाउने निर्णय भएको सभापति रवि लामिछानेले जानकारी दिए ।
कंसाकारलाई रास्वपाले २ महिनाअघि केन्द्रीय सदस्य मनोनित गरेको थियो । उनीमाथि १० वर्षअघि एसिड आक्रमण भएको थियो ।
मेघबहादुरको बिरोध
बैठकमा समानुपातिकको बन्दसूचीमा आदिवासी जनजाति पुरुषतर्फ दोस्रो नम्बरमा रहेका मेघबहादुर आलेले असन्तुष्टि जनाएका छन् ।
पुरुष सांसद हटेको र समानुपातिक क्रम संख्या अनुसार आफू रहेको भन्दै उनले आफ्नो दाबी पेश गरेका थिए । तर सभापति रवि र महामन्त्री मुकुल ढकाल आदिवासी जनजाति पुरुषतर्फ तेस्रो नम्बरमा रहेकी विन्ध्यवासिनीको पक्षमा देखिए ।
आफ्नो स्वभाविक प्राप्त हुने अवस्था भएपनि महिलाबाट ल्याइएकोमा उहाँको असन्तुष्टि रहेको रास्वपाका एक केन्द्रीय सदस्यले भने ।
डा. डाकाकुमार श्रेष्ठद्वारा पार्टीले पक्षपार्टी गरेको आरोप
मेडिकल व्यवसायी दुर्गा प्रसाईसंग स्वास्थ्य मन्त्री बन्नलागेको तर त्यसको लागि पार्टीलाई २ करोड दिनु पर्नेभनि घुस मागेको अड़ियो सार्वजनिक भएको आफूले पनी संचारमाध्यमबाट नै थाहा पाएको बताएका थिए । तरपनी निजले उक्त अड़ियोमा आफ़नो आवाज नभएको र आफूलाई फसाउनको लागि अरुबाट नै आफ़नो आवाजको क्यारीकेचर गरी अड़ियो सार्वजनिक गरीएको बताएका थिए । रस्वपाले उक्त अड़ियो सार्वजनिक भए पश्चात छानबिन समिति समेत गठन गरेको थियो । छानबीन समितिको निष्कर्ष नआउदै पार्टीले निजलाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निलम्बन गरेका थिए । तर डा. डाकाकुमार श्रेष्ठले भने पार्टीको निर्णय अव्यवहारिक र पक्षपात पूर्ण रहेको प्रतिक्रिया दिएको छ ।
पार्टी सभापतिको हकमा भने जे गर्दा पनी हुने तर अरुको लागि भने कुनै पनी आरोप पुष्टिसमेत नभएको अबस्थामा गरीएको करबाही पार्टीको बिधी र प्रक्रिया भन्दापनी स्वाएक्षाचारी रहेको बताएका छन । पार्टीको निर्णयविरुद्ध सोचेर अगाढ़ी बढ़ने डा. डाकाकुमार श्रेष्ठले बताएका छन । आफूलाई करबाही गर्ने पार्टीका सभापति लगायत अन्य पदाधिकारी सदस्यहरुले अड़ियो भित्र उठेका प्रश्नको समेत अनुसन्धान र खोजी नगर्नुले पनी पार्टीको कारबाही प्रक्रिया गलत भएको ज़िकिर गरेको छ ।