कोरोना संक्रमणबाट नेपालमा थप एक व्यक्तिको मृत्यु, मृत्यु हुनेको संख्या ९ पुग्यो

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  500 पटक हेरिएको

 काठमाडौं, जेठ २१ ।

कोरोना भाइरस कोभिड–१९ को संक्रमणबाट नेपालमा अर्को एक ब्यक्तिको पनि ज्यान गएको छ । नेपालमा हालसम्म कोरोना भाईरस कोभिड–१९ बाट नवौं व्यक्तिको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृतक दोलखाका ७६ वर्षीय पुरुष हुन् । उनी जेठ १३ गते ह्यामरेज स्ट्रोक भएपछि काठमाडौं मेडिकल कलेज भर्ना भएका थिए र उनको अपरेसन गरिएको थियो । उनको १५ गते कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको थियो । त्यसमा उनको रिपोर्ट पोजेटिभ आएको छ ।

त्यसपछि त्रिवि शिक्षण अस्पतालमा सारिएका उनको उपचारका क्रममा बुधबार मृत्यु भएको छ । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ । अहिलेसम्म २३०० जनामा संक्रमण पुष्टि भएको छ । हालसम्म ८० हजार २ सय ६७ जनाको पिसिआर परिक्षण गरिएकोमा २३ सय जनामा कोरोना संक्रमण देखिएको हो । हालसम्मको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्क अनुसार २ सय ७८ जना स्वास्थ्य लाभ लिई घर फर्किएका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार