दाङ प्रदेशसभामा नेकपाकी विमला कुमारी खत्री(वली) विजयी

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  1394 पटक हेरिएको

दाङ, मंसिर १६

दाङ क्षेत्र नम्बर ३ (ख) मा भएको  प्रदेशसभा सदस्य उपनिर्वाचनमा नेपाल कम्युनिस्ट पार्टीकी विमला कुमारी खत्री(वली) विजयी भएकी छन्। २४ हजार २ सय ८६ मत ल्याउँदै वली प्रदेश सभा सदस्यमा निर्वाचित भएकी हुन्।

उनले आफ्ना निकटतम प्रतिदन्वदी नेपाली कांग्रेसका उम्मेदवार केशवराज आचार्यलाई ५ हजार १०४ मत अन्तरले पराजित गरिन्। आचार्यले १९ हजार १८२ मत प्राप्त गरेका छन्।

यसैगरी साझा पार्टीका उम्मेदवार शिवकुमार चौधरीले २६६ मत प्राप्त गर्दा राप्रपाका भूपाल रावतले २२५ र समाजवादीका डिल्लीबहादुर डाँगीले १५४ मत पाएका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार