प्युठान, मंसिर, १५ ।
प्युठानको ऐरावती गाउँपालिका २ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार भिमेश कुमार घर्ती मगर विजयी भएका छन् । निकटतम प्रतिद्वन्दी राष्ट्रिय जनमोर्चाका भक्त बहादुर बिकलाई तीन सय ५१ मतले पछि पार्दै मगर विजयी भएका हुन् ।
विजयी मगरले आठ सय ५५ मत प्राप्त गरेका छन् भने जनमोर्चाका उम्मेदवार बिकले पाँच सय चार मत प्राप्त गरे । त्यस्तै नेपाली कांग्रेसका भूपाल जिसीले तीन सय ५६ मत प्राप्त गरेका छन् । यस वडामा वडाध्यक्षका लागि एक हजार सात सय ४१ मत खसेको थियो । जसमध्ये २६ मत बदर भएको निर्वाचन अधिकृत चन्द्रदेव भारतीले जानकारी दिए ।
मगर नेपाल कम्युनिष्ट्र पार्टी (नेकपा) ऐरावती गाउँ कमिटीका सचिवालय सदस्य हुन् । तर नेकपाले जनमोर्चासँग चुनावी तालमेल गरेपछि उनले स्वतन्त्र उम्मेदवार दिएका थिए । स्वतन्त्र उम्मेद्ववारबाट उम्मेदवारी दिएपछि मगरलाई नेकपाका कार्यकर्ताले सहयोग गरेका थिए ।