पोखराको मौजामा ढिस्कोले पुरिएका ५ जनाको ज्यान गयो

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  480 पटक हेरिएको

पोखरा, मंसिर १५ । पोखरा महानगरको वडा नम्बर २० मौजा स्थित बिसौनामा सडकको काम गरिरहेका ५ जनाको ज्यान गएको छ । पोखरा–मौजा सडकको रिटेनिङवाल निर्माणमा खटिएका सल्यानका तोवान बस्नेत, खिमलाल ओली, गणेश ओली, जीतबहादुर बस्नेत र जोगेन्द्र ओलीको ज्यान गुमेको कास्की प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले जानकारी दिए ।

 विहान झण्डै ७ : ३० बजे मजदुरहरुले काम गरिरहँदा माथिबाट अचानक ढिस्को खसेको हो ।  अप्ठ्यारो चट्टान रहेकाले उद्धारमा केही ढिलाई भएको थियोे । नेपाल प्रहरी, सशस्त्र र नेपाली सेनाको टोलीले पुरिएकाको उद्धार गरेको हो । 

मजदुरहरु सबै सल्यानको बाघचौर नगरपालिका ४ पेडिखोलाका हुन् । ढिस्को खस्दा भागेर बाँच्न सफल रहेका मजदुर खीमलाल बस्नेतले हारगुहार गरेपछि घटनाको बारेमा स्थानीयले जानकारी पाएका थिए । ज्यान गुमाउने पाँचै जनाको शव पोखरा ल्याउने तयारी गरिएको वडा नम्बर २० का वडाध्यक्ष सिम गुरुङले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार