सर्बोच्चको आदेशपछि एनसेलले बुझायो ४ अर्ब ५० करोड कर

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  848 पटक हेरिएको

काठमाडौं, पुस १५ ।

ठुला करदाता कार्यालय र सर्बोच्च अदालतको लगातारको आदेश र दबाब पछि एनसेल सेवा प्रदायक कम्पनीले आज नेपाल सरकारलाई केहि करबापतको रकम भुक्तानी गरेको छ । दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेलले ४ अर्ब ५० करोड रुपैयाँ पूँजीगत लाभकर तिरेको छ । ठूला करदाता कार्यालयले सर्वोच्च अदालतको आदेश अनुसार एनसेलको सेयर स्वामित्व खरिद बिक्री वापतको लाभकर २२ अर्ब ४४ करोड ५३ लाख रुपैयाँ निर्धारण गरी १५ दिनभित्र कर बुझाउन २२ मंसिरमा पत्राचार गरेको थियो ।

तर एनसेलले आगामी ६ महिना भित्र सबै कर तिर्ने गरी किस्ताबन्दी सुविधा माग गरेको छ र ४ अर्ब ५० करोड रुपैयाँ बुझाएको स्रोतले बताएको छ ।

किस्ताबन्दीमा कर तिर्ने एनसेलको प्रस्तावबारे ठूला करदाताको कार्यालयले भने निर्णय गर्न बाँकी रहेको स्रोतले बताएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार