जापानको नागोया केनमा गाडीको ठक्करबाट एक नेपाली महिलाको निधन

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  1490 पटक हेरिएको

नागोया, जेठ ३२ ।  

जापानको आईची केन स्थित नागोयाको योक्काईचीमा गाडीको ठक्करबाट आज बिहान एक नेपाली महिलाको निधन भएको छ ।
एनआरएनए जापानका  केन्द्रीय सदस्य रामकृष्ण श्रेष्ठ तथा सचिव बिष्णु प्रसाद घिमिरेका  अनुसार पोखराकी २२ वर्षिय  सुजाता बास्तोलालाई योक्काईची भन्ने ठाउमा गाडीले ठक्कर दिएको र गम्भीर अबस्थामा रहेका निजको हस्पिटलमा उपचारको क्रममा निधन भएको हो । निज ६ महीना अघि मात्र श्रीमानको डिपेनडेण्टमा जापान आएको र स्कूटरमा कामबाट फर्कदै गर्दा गाड़ीले ठक्कर दिएको बुझीएको छ ।

घटनाबारे बुझ्न तथा आवश्यक पहलको  लागि हाल एनआरएनए जापानका सचिव बिष्णु प्रसाद घिमिरे हस्पिटलमानै   रहनुभएको छ । उनलाई उपचारका लागि योक्काइचि सिरिचु हस्पिटलमा लगिएको  थियो तर उपचार कै क्रममा निधन भएको हो । मृत आत्मा प्रति भिजन अनलाईन न्युज परिवार हार्दिक श्रदंजलि व्यक्त गर्दै शोक संतप्त परिवार प्रति धैर्य धारण गर्ने शक्ति मिलोस । थप कारण र विवरण प्राप्त भएमा पुन: जानकारी गराउने छौ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार