जापानमा अहिलेसम्म कै उच्च कोरोना संक्रमण पुष्टि, एकैदिन ७,५७० जनामा कोरोना संक्रमण सतर्कता अपनाउन सरकारको अपिल

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  394 पटक हेरिएको

जापान, पौष २४ ।  

जनवरी ७ तारिख बिहिबार जापानभर एकैदिन ७ हजार ५ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो एकैदिन पुष्टि भएको हालसम्मकै उच्च संक्रमण हो । बिहिबार टोकियोमा २,४४७ जना, ओसाकामा ६०७ जना, खानागावा केनमा ६७९ जना, साईतामा केनमा ४६० जना, चिबा केनमा ४५० जना, आईचीकेनमा ४३१ जना, फुकुओका केनमा ३८८ जना, ह्योगो केनमा २८४ जना, होक्काईदोमा १६१ जनाको उच्च संक्रमण सहित ४६ वटा प्रान्तमा संक्रमण पुष्टि भएको हो ।

उच्च संक्रमण देखिएको बिहिबार जापानभर ६५ जना कोरोना संक्रमित बिरामीहरुको मृत्यु भएको छ भने ७९६ जना गम्भीर बिरामी रहेका जापानी संचार माध्यम एनएचके टेलिभिजनले जनाएको छ।

जापानमा हालसम्म २ लाख ६७ हजार ७ सय १६ जनामा कोरोना संक्रमण पुष्टि भईसकेको छ । संक्रमित मध्ये २ लाख ११ हजार १ सय १० जनाले स्वास्थ्य लाभ लिएका छन् भने ३ हजार ८ सय ९९ जनाको मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार