निबर्तमान संचारमन्त्रि बास्कोटाको सिंहदरबार स्थित कार्यकक्षमा अख्तियारको छापा

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  1018 पटक हेरिएको

काठमाडौं, फागुन ९ ।

हिजो हाम्रा कुरा डट कमले तत्कालीन संचारमन्त्रि बास्कोटाले सेक्यूरिटी प्रेस खरिदमा ७० अर्बको कमिशन माँगी बार्केनिंग गरेको अडियो सार्वजनिक भएको थियो । उक्त घोटाला प्रकरणमा परी राजिनामा दिएका बास्कोटाको सिंहदरबार स्थित कार्यकक्षमा छापा मारेको छ । निवर्तमान संचार ,तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाको कार्यकक्षमा अख्तियार दूरुपयोग अनुसन्धान आयोगले छापा मारेको हो । अख्तियारले बिहीबार साँझ मन्त्री बाँस्कोटाको मन्त्रालयको कार्यकक्षमा छापा मारेको हो ।

निवर्तमान मन्त्री बाँस्कोटाको कार्यकक्षमा छापा मार्न अख्तियार टोली सादा पोशाकमा पुगेका थिए । अख्तियार टोलीले निवर्तमान मन्त्री बाँस्कोटाको कार्यकक्षमा रहेका विभिन्न फाइल तथा कागजात जफत गरेकाे छ ।

बाँस्कोटाले प्रयोग गर्दै मन्त्रालयको दराजमा अख्तियारले सिलबन्दी गरेको छ । अख्तियार प्रवक्ता प्रदीपकुमार कोइरालाले बाँस्कोटाले सेक्युरिटी प्रेस खरिदमा ७० करोड मागेको अडियो सार्वजनिक भएपछि त्यसबारे अनुसन्धान थालिएको जानकारी दिनुभयो ।

सम्बन्धित समाचार यो पनि पढ़नुहोस ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार