महाधिबेशन बिशेषः- कांग्रेस सहमहामन्त्रीमा भीष्मराज, महालक्ष्मी र जीवन निर्वाचित

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  667 पटक हेरिएको

काठमांडौ, पुस १ । 

नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत आदिवासी-जनजाति, महिला र दलिततर्फ सहमहामन्त्रीमा क्रमश: भीष्मराज आङ्देम्बे, महालक्ष्मी उपाध्याय ‘डिना’ र जीवन परियार निर्वाचित भएका छन्। बिहीबार साँझबाट सुरू भएको मतगणना राति साढे १० बजे सकिएको थियो।

अन्तिम परिणामअनुसार आङ्देम्बे, उपाध्याय र परियार सहमहामन्त्रीमा निर्वाचित भएका हुन्। आङ्देम्बे र उपाध्याय सभापति निर्वाचित शेरबहादुर देउवा समूहका हुन् भने परियार सभापतिमा पराजित शेखर कोइराला समूहका हुन्।

अन्तिम मतपरिणाम अनुसार आदिवासी जनजातिमा आङ्दम्बेले विकास लामालाई पराजित गरेका छन्। २७११ मतका साथ उनी सहमहामन्त्रीमा निर्वाचित भएका हुन्। कोइराला समूहका लामाले १९१२ मत ल्याए।

उपाध्याय २५३३ मत ल्याएर महिलातर्फ सहमहामन्त्रीमा विजयी भएकी हुन्। उनकी निकटतम् प्रतिस्पर्धी कमला पन्तले २१०५ मत ल्याइन्। यस्तै, दलिततर्फ जीवन परियारले देउवा समूहका मीनबहादुर विश्वकर्मालाई पराजित गरेका छन्।

परियारले २२१२ मत ल्याए भने विश्वकर्माले २१७५ मत ल्याए।सहमहामन्त्रीमा कुल ४६७० मत खसेको थियो। त्यसमा स्वतन्त्र उम्मेदवार गंगा सुनारले २२९ मत ल्याइन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार